अन्तरास्ट्रिय स्तरमा पहुँच बढाउदै तिलोत्तमा, पायो सिटीनेटको सदस्यता
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बिश्वभरका नगरपालिकाहरुको संस्था सिटीनेट (CITYNET) को सदस्यता प्राप्त गरेको छ ।
विश्वका नगरहरु बीच आपसि सहयोग र सहकार्यमा जोड दिने मन्चको रुपमा रहेको उक्त संस्थामा प्रवेश गर्ने तिलोत्तमा नयाँ नगरपलिकाहरु मध्ये नेपालकै पहिलो नगरपालिका बनेको हो ।
दक्षिण कोरियाको सियोलमा सचिबालय रहेको यस संस्थाको कार्यसमितिमा सर्ब सम्मत रुपमा तिलोत्तमालाई सदस्यता प्रदान गरेको नगरका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले जानकारी दिए ।
विश्वभरका नगरपालिकाहरु सदस्यता प्राप्त गर्नका लागि आकर्षित हुने यस संस्थामा आवद्धतासँगै तिलोत्तमाले बिकासमा थप एक सफलताको खुड्किलो उक्लिन सफल भएको उनले दाबी गरे ।
सिटीनेट सन् १९८७ मा स्थापित सहरको विकासका लागि प्रतिबद्ध निकाय र संस्था आबद्ध भएको संस्था हो। एसिया प्रशान्त क्षेत्रका विभिन्न नगरपालिकालगायत अन्य सरोकारवाला आबद्ध रहेको संस्था ‘सिटीनेट’ले सहरलाई विकसित र समृद्ध बनाउनका लागि नेतृत्व गरिरहेका नेतृत्वकर्ताको क्षमता अभिवृद्धि गर्न सहयोग गर्छ।
त्यसैगरी, सिटीनेटसँग आबद्ध भएका नगर र संघसंस्थाबीच असल अभ्यास र अनुभव आदानप्रदान गर्ने गरिन्छ।यसमा रुपन्देहीको बुटवल उपमहानगर र सिद्धार्थनगर नगरपालिका पुराना सदस्य हुन।
लेखकको सम्वन्धमा