च.न.पा. १२ मा योग तथा स्वास्थ्य जनचेतनामूलक देउसीमा
काठमाडौ । पतंजली योग समिति अन्तगर च.न.पा. १२ स्थीत प्रगतिनगर हरियाली योग साधना केन्द्रले कार्तिक २६ देखी २८ सम्म मानव स्थास्थ, जीवनशैली र योग लक्षित ३ दिने पृथक शैलीको देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । लक्ष्मी चालिसे तथा प्रतिभा पौडेलबाट भट्टयाईको देउसी भैलोमा योग शिक्षकहरु लगाएत सम्पुर्ण साधक साधिकाहरुको रोमान्चक एकल तथा संयुक्त प्रस्तुतीहरु रहेका थिए ।
विभिन्न योग, व्यायाम, आसन, भजन, मौलिक गित सहितको प्रस्तुती रहेको देउसी भैलो निकै मर्मस्पर्सी रहेको बासिन्दाहरुले बताएका छन ।
योगकै भेषभुषामा सजिएका साधक साधिकाहरुको प्रस्तुती र शैली निकै मनोरम भयो । प्रगतिनगर, हरियाली, बलम्बु, १० नं, गुमालसिंह चोक, मातातीर्थ लगाएतका क्षेत्रमा योग सम्बन्धी दैनिक कार्यक्रमहरु निकै लोकप्रिय रहेका छन । यी क्षेत्रहरुमा पतंजलि योग समितिबाट विहान दैनिक निशूल्क रुपमा योगअभ्यास गराईने गरिने प्रगतिनर हरीयाली योग साधना केन्द्र का अध्यक्ष तथा पतंजलि सह योग शिक्षक दुर्गा प्रसाद ज्ञवाली ले बताएका छन ।
ज्ञवालीका अनुसार दीर्घकालिन रोगहरुबाट बच्न, शारिरिक रुपमा फूर्तिलो भई मानसीक स्वास्थ्यको लागि योग अभ्यास अनिवार्य रहेको छ ।
लेखकको सम्वन्धमा