आनन्दवन मधुवन बहुउद्देश्यी सहकारीकोको ११ औ अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः ढकाल

आनन्दवन मधुवन बहुउद्देश्यी सहकारीकोको ११ औ अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः ढकाल
0 0
Read Time:3 Minute, 37 Second

बुटवल । आनन्दवन मधुवन बहुउद्देश्यी सहकारीकोको २६ औ वर्षिक साधरणसभा तथा ११ औ अधिवेशन सम्पन्न भएको छ। तिलोत्तमा नगरपालिका ६ मा रहेको यस सहकारीले शनिबार एक कार्यक्रमको आयोजना गर्दै साधारणसभा एवं अधिवेशन सम्पन्न गरेको हो।
कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारीहरुमा अहिले निकै समस्या थपिएको बताउदै ध्यानाकर्षण गराउन जरुरी रहेको उल्लेख गरे। कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारी समस्यामा पर्ने मुख्य कारण सदस्यहरुले वास्ता नगर्नु नै रहेको उल्लेख गरे।
कार्यक्रममा बोल्दै सहकारीका सल्लाहकार यकदेब भट्टराईले जनतालाइ बचत गर्ने बानी बसाल्ने काम सहकारीले गरेको बताए। उनले अहिले घर नभएका हरुलाइ घर बनाउन सक्ने बनाएको उल्लेख गरे। उनले अहिले सहकारी नियमनमा कडाई भएको बताउदै चुनौती थपिएकोले ऋण लगानीमा ध्यान दिन आग्रह गरे।
तिलोत्तमा ६ का अध्यक्ष गणेश पाठकले सहकारीहरुलाई बचाउनु अहिलेको आवश्यकता रहेको बताउदै सदस्यहरुले आफ्नो सहकारीको अनुगमन आफै गर्नुपर्ने बताउदै यसले सहकारी बलियो बनाउने उल्लेख गरे ।
सहकारी अध्यक्ष दिननाथ ढकालको अध्यक्षतामा आयोजना भएको साधारणसभा एवं अधिवेशनमा अध्यक्षको प्रतिबेदन, लेखा समिती संयोजक चन्द्रमणी न्यौपानेको लेखा परिक्षकको प्रतिबेदन पास भएको थियो।
कार्यक्रममा फोर स्टार सहकारी अध्यक्ष रामलाल तिवारी, ईन्द्रेणी बहुउदेश्यीय सहकारीका अध्यक्ष ध्रुब कुमार धिताल, सस्थापक अध्यक्ष डोलराज बस्याल,आदर्श शिक्षक सहकारी अध्यक्ष कुल प्रसाद लामिछाने, कवि देबेन्द्र अधिकारी (दुखी माईला),सचीव जगत पौडेल, सदस्य खेमराज भण्डारी लगायतले बोलेका थिए।
कार्यक्रममा जेष्ठ सदस्य, एसईई,कक्षा १२ को परिक्षामा राम्रो नतिजा ल्याउने शेयर सदस्यका सन्तानलाई सम्मान गरिएको हो।
२०५४ सालमा स्थापना भएको सहकारीमा ८१७ जना शेयर सदस्य रहेका छन।सहकारीको कुल शेयर ९३ लाख रहेको छ भने बचत ७ करोड ७१ लाख ४५ हजार रहेको छ।
अधिवेशनले दिननाथ ढकाललाई अध्यक्षमा पून सर्वसम्मत चएन भएका छन। जसको उपाध्यक्षमा जगत प्रसाद पौडेल,सचिव खेमराज भण्डारी सदस्यहरु रमा पाठक तिवारी, सुन्दर आचार्य,तुलसा भण्डारी,रण बहादुर थापा, ध्रुब बस्याल, यमुना धिताल तथा लेखा समिति संयोजक चन्द्रमणी न्यौपाने ,सदस्य राम प्रसाद कोईराला र धनमाया भण्डारी सर्वसम्मत चयन भएका छन। यस्तै ऋण समिती संयोजक जगत प्रसाद पौडेल, तथा सदस्यहरुमा खेमराज भण्डारी , होमकान्त मरासिनी चयन भएको निर्वाचन समिती संयोजक एवं सहकारीका सल्लाहकार यकदेब भट्टराईले जानकारी दिए।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement