तिलोत्तमा मेलामा परम्परागत उखु कोल र रसेटोले तान्यो दर्शकको ध्यान

तिलोत्तमा मेलामा परम्परागत उखु कोल र रसेटोले तान्यो दर्शकको ध्यान
0 0
Read Time:4 Minute, 41 Second

तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा मंसिर १ गतेदेखि तिलोत्तमाको मणिग्राममा “तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव–२०८०” जारी छ ।
महोत्सवमा मञ्च(स्टेज)को ठिक अगाडि ७८ वर्षीय वृद्ध गुल्मीका लेखनाथ ज्ञवाली घाममा बसेका छन् । उनको वरिपरि दुई वटा गोरु घुमिरहेका हुन्छन । ज्ञवाली कोलमा उखु हाल्दै बसेका छन भने अर्घाखाँचीका बिष्नु अर्याल गोरु खेदिरहेका हुन्छन् । यो दृश्यले मेलामा अवलोकनका लागि आएका धेरै दर्शकको ध्यान आकर्षित गराएको छ ।
हिपत (हिमाल पहाड तराइ) फुड प्रोडक्सनले परम्परागत उखु कोल र खुदो पकाउने रसेटो नयाँ पुस्तालाइ देखाउने उद्देश्यले मेलामा राखेको हो । यो स्टलमा रसेटोमा तताई राखेको तातोखुदो खान आउनेको संख्या बढिरहेको सञ्चालक हरिप्रसाद अधिकारीले बताए ।
बिदेशको बसाइ त्यागेर स्वदेशमै हिपत उद्योग संचालन गरेका अधिकारीले पुरानो प्रविधिका बारेमा नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले उखु पेल्ने कोल, हलमा नारिएका गोरु र खुदो तताउने रसेटो सहितको स्टल मेलामा राखिएको र यसले मेलामा आउने नयाँ पुराना पुस्ताको ध्यान केन्द्रित गरेको उनले बताए ।
“सबल अर्थतन्त्रको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने मुल नाराका साथ सञ्चालन भएको मेलामा कृषिलाई विशेष प्राथमिकता राखेको मेला आयोजक मुल समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भन्डारी (माधव)ले बताए ।
मेलामा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवद्र्धनको माध्यमबाट आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको मेला आयोजक मुल समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले बताए ।

मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्री हुने संघका वाणिज्य उपाध्यक्ष हरिलाल पाण्डेले बताए ।
प्रदर्शनीमा कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यावसायीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी गरिने गोष्ठी, तालिम तथा सेमिनार समितिका संयोजक सुरज पंगेनीले जानकारी दिए ।
मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका स्टलहरू रहेका छन् ।
आईतबार हेमन्त शर्मा, दिपक दर्लामी मगर, घनश्याम रिजाल, रेनु राना मगर, निर्मला गुरुङ, लालमाया थापा, राज केसीलगायतका कलाकारको प्रस्तुति रहेको सास्कृतिक समिति संयोजक धन बहादुर गुरुङले जानकारी गराए ।
सोमबार र्यापर ओफिम, गायिका राधिका हमाल, शिलु भट्टराई, हास्यकलाकार दिनेस काफ्ले, गायक दामोदर बस्याल, गायिका ब्युटि रसाल, विन्दु थापा लगायतको प्रस्तुति रहने संघका कार्यालय प्रमुख लोकनाथ खनालले वताए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement