सिडको बारेमा बुटवलमा परामर्श कार्यशाला सम्पन्न

सिडको बारेमा बुटवलमा परामर्श कार्यशाला सम्पन्न
0 0
Read Time:3 Minute, 7 Second

बुटवल । महिला विरुद्ध हुने सबै खाले प्रकारको भेदभाव उन्मुलन गर्ने महासन्धीको छाया प्रतिवेदन सम्बन्धी बुटवलमा परामर्श कार्यशाला सम्पन्न भएको छ । विओण्ड बेइजिङ समितिको आयोजना तथा लुम्बिनी प्रदेश समितिको आयोजनामा बुटवलमा प्रदेश स्तरीय परामर्श कार्यशाला सम्पन्न भएको हो ।

Advertisement

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देबी अर्यालले महिलाहरूमाथिको बिभेद अझै अन्त्य भई नसकेको बताइन् । उनले महिलाहरूमाथिका हिंसाका घटनामा न्याय दिलाउने काम बुटवलको न्यायिक समितिले गरेको बताउँदै घटना नै अन्त्य गर्नको लागि महिलाहरू आफै नै लाग्नुपर्ने बताइन् ।

कार्यक्रममा बोल्दै मानवअधिकार कर्मी सम्झा श्रेष्ठले महिला विरुद्ध हुने सबै खाले प्रकारको भेदभाव उन्मुलन गर्ने महासन्धि(सिड)को बारेमा बताउँदै २०१८ माको प्रतिवेदन माथि टिप्पणी गरेकी थिइन् । उनले कार्यपत्र प्रस्तुत गर्दै विओण्ड बेइजिङ समितिको बारेमा समेत प्रस्तुतीकरण दिएकी थिइन् ।

कार्यक्रममा डा. जग जित कोरले सरकारको २०२३ को प्रतिवेदनको बारेमा जानकारी गराउँदै यसले समेट्नुपर्ने र समेट्न नसकेका कुराहरूको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघ लुम्बिनी प्रदेश अध्यक्ष सुशीला बेल्बासेले लुम्बिनी प्रदेशका एनजिओ तथा मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्थाको बारेमा बताएकी थिइन् । कार्यक्रम विओण्ड बेइजिङ समिति लुम्बिनी अध्यक्ष प्रिज्मा सिंह थारुको अध्यक्षता तथा प्रदेश सदस्य पार्वता आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

विओण्ड बेइजिङ समितिले यौन तथा प्रजनन स्वास्थ्य र अधिकार तथा शारीरिक स्वायत्तता, आर्थिक न्याय र अधिकार तथा महिला बादी आन्दोलन र नेतृत्वको क्षेत्रमा काम गर्दै आएको छ ।

महासन्धीको समितिमा नागरिक समाजका तर्फबाट प्रस्तुत गरिने प्रतिवेदन नै छाया प्रतिवेदन हो । यसले दिएको सुझावको कार्यान्वयनको वास्तविक स्थीतिको बारेमा समितिलाई जानकारी प्रदान गर्दछ । दुवै प्रतिवेदन अध्ययन पश्चात् समितिले राज्यलाई सुझाव दिने गर्दछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %