चर्चामा

गरिमा सहकारीको चौथो अधिवेशनबाट अध्यक्षमा विष्णु बहादुर थापा

गरिमा सहकारीको चौथो अधिवेशनबाट अध्यक्षमा विष्णु बहादुर थापा
0 0
Read Time:5 Minute, 35 Second

बुटवल। ‘समृद्धिको आधार गरिमासंग कारोवार’ भन्ने मुल नारासहित बुटवल–९ मिलनचोकमा रहेको गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । सहकारीका अध्यक्ष कृष्ण प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका उपाध्यक्ष तथा प्रदेश सहकारी बोर्डका सञ्चालक टीका न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।

Advertisement

कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले सदस्यहरुको जीवनस्तर उकास्न सहकारीको महत्वपूर्ण भूमिका भएकाले यसको विकासका लागि सबैको साथ र सहयोग रहेको बताईन् । कार्यक्रममा सहकारीका अध्यक्ष कृष्ण प्रसाद देवकोटाले वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक नागेन्द्रराय यादवले लेखा समितिको प्रतिवेदन र कोषाध्यक्ष छविलाल अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।

त्यस्तैगरी सहकारीले आर्थिक वर्षभरी सदस्य विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै सहकारीका अध्यक्ष कृष्णप्रसाद देवकोटालाई सम्मान गरेको छ । त्यस्तैगरी सहकारीले ज्येष्ठ सेयर सदस्य, असल ऋणी, सहकारीमा ५ पटकभन्दा बढी रक्तदान गर्ने सदस्यहरुलाई सम्मान, प्लस टु तथा एसईईमा सर्वोत्कृष्ट जीपीए ल्याउने सदस्यहरुका छोराछोरीलगायतलाई सम्मान गरेको छ ।

२०६७ सालमा बुटवल धागो कारखानामा काम गर्ने १२ जना श्रमिकहरुबाट प्रारम्भ गरी २०६७ साल साउन २५ गते डिभिजन सहकारी कार्यालय रुपन्देहीमा दर्ता भई २५ जना सेयर सदस्यहरुबाट १ लाख २५ हजारको पूँजीबाट सुरुवात गरिएको सहकारीमा स्थापनाको १३ वर्षमा आईपुग्दा सहकारीमा १ हजार ९० जना सदस्यहरु सहकारीमा आवद्ध छन्भने शेयर पूजी १ करोड ९३ लाख ९ हजार ९ सय रहेको छ । त्यस्तैगरी सहकारीमा १३ करोड ७६ लाख, १ हजार ३ सय ३३ रुपैयाँ ९१ पैसा बचत संकल रहेको छ ।

कार्यक्रममा अध्यक्ष कृष्ण प्रसाद देवकोटाले आफ्नो कार्यकालमा संस्थाको हितमा साथ र सहयोग गर्ने सबै सदस्यहरुलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका थिए । सोही कार्यक्रममा लायन्स क्लव अफ बुटवल सिद्धार्थको सहयोगमा सदस्यहरुलाई निःशुल्क सुगर र प्रेसरको चेकजाँच गरिएको थियो । सुरक्षा फार्मेसी बुटवलको प्राविधिक सहयोगमा क्लवका फष्ट भिपी मोहनबिक्रम प्याथको संयोजकत्वमा २ सय ५० जनाले परीक्षण गरेको क्लवका अध्यक्ष नारायण कुँवरले बताए ।

कार्यक्रममा रुपन्देही बचत तथा ऋण सहकारीका कोषाध्यक्ष भोज बहादुर बुढाथोकी, सल्लाहकार माधवराज पाण्डे,
सेयर सदस्य उर्मिला अर्याललगायतले बोलेका थिए । सहकारीका उपाध्यक्ष रञ्जु भट्टराईको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव पुरुषोत्तम आचार्यले गरेका थिए ।

त्यस्तैगरी सहकारीको चौथो अधिवेशनबाट अध्यक्षमा विष्णु बहादुर थापा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।
संस्थाका संरक्षक तथा संस्थापक अध्यक्ष थापालाई आगामी ४ वर्षे कार्यकालका लागि अध्यक्ष पदमा चयन गरिएको हो । जसको उपाध्यक्षमा रञ्जु भट्टराई, सचिवमा नागेन्द्रराय यादव, कोषाध्यक्षमा छविलाल अर्याल चयन भएका छन् । त्यस्तैगरी सहकारीको सञ्चालक समिति सदस्यहरुमा कृष्ण प्रसाद अर्याल, विकास श्रेष्ठ, उषा भट्टराई खनाल, दिल बहादुर श्रेष्ठ, पार्वती लामिछाने गुरुङ, लेखा सुपरीवेक्षण समितिको संयोजकमा डोलराज शर्मा, लेखा सदस्यहरुमा वासुदेव पोख्रेल, र इश्वर कुमार नेवार श्रेष्ठ चयन भएका छन् ।
निर्वाचन मण्डलका संयोजक विष्णु प्रसाद खनाल र निर्वाचन सदस्य नारायण प्रसाद बेल्वासेले सपथ ग्रहण गराएका थिए । सहकारीका नवनिर्वाचित अध्यक्ष विष्णु बहादुर थापाले आफ्नो कार्यकालमा सहकारीलाई अगाडि बढाउन सदस्यहरु सबैको साथ हुनुपर्ने बताए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %