चर्चामा

मोतीपुर औद्योगिक क्षेत्र निर्माण गर्न क्षेत्रफल घटाईने

मोतीपुर औद्योगिक क्षेत्र निर्माण गर्न क्षेत्रफल घटाईने
0 0
Read Time:7 Minute, 24 Second

बुटवल । सरकारले २०७२ सालमा रुपन्देहीको मोतीपुर क्षेत्रमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेपछि रुपन्देहीका धेरै उद्योगी उत्साहित भएका थिए । तर मोतीपुर क्षेत्रमा अहिलेसम्म सरकारले जग्गा आफ्नो नाममा लिनेबाहेक अरू केही काम पनि गरेको छैन ।

Advertisement

सरकारले रुपन्देहीमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्नेबित्तिकै भैरहवास्थित पञ्चकन्या ग्रुपको त्यस क्षेत्रमा उद्योग स्थापना गर्ने योजना छ । पञ्चकन्या समूहका प्रबन्ध निर्देशक देवेन्द्र साहुले सरकारले मोतीपुर अथवा अन्यत्र जुनसुकै ठाउँमा औद्योगिक क्षेत्र स्थापना गरेमा आफूहरू तुरुन्तै त्यस ठाउँमा नयाँ उद्योग खोल्ने मनसायमा रहेको बताए ।

उनले भने, “जग्गाको मूल्य महँगो छ, सरकारले स्थापना गरेको औद्योगिक क्षेत्रमा अन्य सुविधा पनि हुन्छ । त्यस कारण हामीले सरकारको मोतीपुरमा औद्योगिक क्षेत्र स्थापना गरेमा तुरुन्तै त्यहाँ जान तयार छौँ, हामी त्यसैको प्रतीक्षा छौँ ।”

रुपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्र स्थापना भएमा त्यहाँ जानका लागि देवेन्द्र साहु जस्ता धेरै उद्योगी तयारी अवस्थामा छन् । नयाँ उद्योग खोल्ने र व्यक्तिगत जग्गामा अहिले भएका उद्योगहरू सार्नको लागि मोतीपुर औद्योगिक क्षेत्रको घोषणाको पर्खाइमा धेरै उद्योगीहरू रहेको बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले बताए ।

उनले भने, “यहाँ प्रदेशस्तरको औद्योगिक क्षेत्र बन्ने भनेर धेरै उद्योगीले कुरेका छन्, उनीहरू सरकारले कहिले औद्योगिक क्षेत्र निर्माण गर्ला र उद्योग स्थापना गरौँला भन्ने आशामा छन् ।

बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोदन गाउँपलिकालाई चार किल्ला तोकी ८१३ बिघामा मोतीपुर औद्योगिक क्षेत्र घोषणा भएको थियो । उक्त ठाउँको जग्गा २०७५ सालमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा पुर्जा प्रदान गरिएको थियो ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले १२ अर्बको डीपीआर प्रतिवेदन सर्वाजिनक गरेको औद्योगिक क्षेत्रमा स्थानीयले आन्दोलन गरेपछि थप काम गर्न नसकिएको औद्योगिक व्यवस्थापन लिमिटेड बुटवलका प्रमुख इन्जिनियर प्रकाश अधिकारीले बताए ।

उनले भने, “अहिले हाम्रो नाममा पुर्जा छ तर जग्गा पनि ठ्याक्कै कहाँदेखि कहाँसम्म भनेर छुट्याउन सक्ने अवस्था छैन । किनकि नापजाँचदेखि स्थानीयको विरोध भएपछि औद्योगिक क्षेत्र निर्माणको कामले गति लिन सकेन ।”


८१३ बाट घटाएर २५० बिघामा निर्माण गर्ने योजना

सरकारले प्रदेश स्तरको औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक जग्गा लागि छुट्याएको मापदण्ड अनुसार मोतीपुर क्षेत्र तिनाउ नदी किनारको उखडा जग्गा, केही सार्वजनिक र स्थानीयवासीको गरी ८१३ बिघा जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा २०७५ सालमा लालपुर्जा बनेको थियो ।

उक्त जग्गा प्रदान गर्दै शिलान्यास गरेको ५ वर्षभित्र औद्योगिक क्षेत्र स्थापन गर्ने योजना सर्वाजनिक गरिएको थियो । तर बुटवलको रानीगन्ज, मोतीपुर क्षेत्रमा तीन पुस्ता पहिलेदेखि बसोबास गर्दै आएका तर आफ्नो नाममा लालपुर्जा नभएका सयभन्दा धेरै घरले सुरुदेखि नै विरोध गर्दै आइरहेका थिए ।

उनीहरूसँगै अन्यको पनि विरोध थपिएपछि २०७७ सालमा तत्कालीन उद्योग मन्त्री लेखराज भट्ट र अर्थमन्त्री विष्णु पौडेललाई शिलान्यास कार्यक्रममा नै स्थानीयवासीले ढुङ्गामुढा गरी भगाएका थिए । त्यसपछि मोतीपुर औद्योगिक क्षेत्रलाई बुटवल औद्योगिक क्षेत्र हुने भूमिका प्रदान गरी छाडिएको थियो । जग्गा संरक्षणका लागि सशस्त्र प्रहरीको टोली पनि रानीगन्जमा राखिएको छ ।

बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुख एवं उक्त औद्योगिक क्षेत्र पनि हर्ने जिम्मा पाएका इन्जिनियर प्रकाश अधिकारीले विगतको भन्दा सानो साइजको भए पनि औद्योगिक क्षेत्रको सुरुवात गर्ने योजनामा आफूहरू रहेको रातोपाटीलाई बताए । उनका अनुसार अहिले २५० बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गरेर औद्योगिक क्षेत्रको सुरुवात भएको सन्देश दिने योजना रहेको छ ।

२५० बिघा क्षेत्रमा फलमा निर्माण गर्दा पनि रुपन्देहीका अहिले जग्गाको खोजीमा रहेको उद्योगीहरूलाई केही वर्ष राहत दिन सक्ने विश्वासमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड रहेको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अहिले नाममा रहेको ८१३ बिघा जग्गामध्ये विवाद नभएको २५० बिघा जग्गा छुट्याउने र त्यसैमा सुरुमा औद्यौगिक क्षेत्र निर्माण योजनामा रहको छ ।

तर कहाँ, कुन जग्गा, कस्तो भन्ने बारेमा औद्योगिक क्षेत्र अझैसम्म स्पष्ट हुन सकेको छैन । त्यसका लागि नापी कार्यालय, स्थानीयवासी र अन्य सबै निकायसँग सहकार्य गरेर अगाडि जाने प्रमुख इन्जिनियर अधिकारीले बताए । त्यसका लागि छिट्टटै स्थानीयसँग छलफल हुनेछ । अन्य सकारी निकायसँग पनि औपचारी रूपमा प्रक्रिया अगाडि जाने छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %