चर्चामा

संविधानको रक्षा गर्नु हाम्रो दायित्व हो : कार्यकारी अध्यक्ष थापा

संविधानको रक्षा गर्नु हाम्रो दायित्व हो : कार्यकारी अध्यक्ष थापा
0 0
Read Time:4 Minute, 36 Second

बुटवल, १७ कार्तिक ।  राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव बहादुर थापा(सूर्यवंशी)ले संविधानको रक्षा आम सबैले गर्नुपर्ने बताएका छन् । बुटवलमा बाम लोकतान्त्रिक गठबन्धनको महिला, युवा तथा भूपू सैनिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुक जोगाउनको लागि संविधान जोगाउनुपर्नेमा जोड दिए । 
रुपन्देही क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका थापाले मुलुकलाई अधिनायबाद र निरङ्कुशता बाट बचाउन जरुरी रहेकोले अहिलेको सत्ता गठबन्धनलाई जिताउन आग्रह गरे । 
उनले देशमा आधाभन्दा धेरै रहेका महिला तथा युवा पुस्ताहरूको सक्रियता र एजेन्डालाई समेत आफूले लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले भूपू सैनिकहरूले आफ्नो कार्यकालमा देशको सेवामा काम गरेजस्तै सेवा गर्ने उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे । 
उनले आफूहरूको गठबन्धन अग्रगामी शक्तिहरूको गठबन्धन रहेको बताउँदै यो निर्वाचनले प्रश्चगामीहरुको समूहलाई पराजित गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘देश बचाउनु भनेको देशको मूल कानुन संविधानको रक्षा गर्नु हो । हाम्रो गठबन्धन भनेको देश बचाउन गरिएको गठबन्धन हो । हामी एकजुट छौँ हाम्रो गठबन्धनका उम्म्मेद्वारलाई जिताउनुहोस् । ’
नेकपा एमालेले बहुमत पुर्‍याएर पनि देशमा राजनीतिक स्थिरताको ग्यारेन्टी गर्न नसकी संविधान नै धराशायी बनाएको आरोप लगाउँदै मुलुकलाई समृद्धि बनाउन भ्रष्ट्राचार विरुद्ध निर्णय अभियान नै बनाएर लाग्नुपर्ने उल्लेख गरे । 
३ पटक सम्म यो क्षेत्रबाट निर्वाचन विष्णु पौडेललाई लक्षित गर्दै थापाले झुम्साको पानीकै राजनीति गरेको आरोप लगाए । उनले भने, ‘काठमाडौँमा मेलम्चीको पानी जस्तै बुटवलमा पनि झुम्साको पनि सपना मात्र बाँड्नुभयो ३ पटक जितेको उम्मेदवारले, उहाँले सपना देखाउनुभयो, हामी काम गरेर देखाउँछौँ। ’उनले भूमिको अधिकारलाई राजनीति खेल बनाई चुनाव जित्ने आधार बनाउनेलाई अब भोट नदिन उनको आग्रह थियो ।
कार्यक्रममा बोल्दै सत्ता गठबन्धनबाट रुपन्देही २ (२) प्रदेशसभा सदस्य पदका उम्मेदवार बामदेव क्षेत्रीले यति बेला आफूहरूको गठबन्धन संविधान र संघीयताको पक्षमा रहेको बताउँदै यो गठबन्धनलाई विजयी बनाउन आग्रह गरे । उनले प्रदेश योजना आयोगमा रहँदा बिभिन्न क्षेत्रमा काम गरेको अनुभव रहेकोले लुम्बिनी प्रदेश र रुपन्देहीलाई हरेक किसिमले अब्बल बनाउने बाचा व्यक्त गरे । 
उनले जनताहरुपनि यति ठुलो प्रयासपछि बनेको संविधान बचाउने कार्यमा आफूहरूको साथ दिनेमा आफू विश्वस्त रहेको बताउँदै गठबन्धनको केन्द्र र प्रदेश सरकार बनाउने उल्लेख गरे । उनले यो गठबन्धनले दुई तिहाई भन्दा ठुलो बहुमत ल्याउने उनको दाबी छ । 
यता नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले अहिलेको सत्ता गठबन्धनको जित निकै सहज हुने दाबी गर्छन् ।  नेकपा एमाले कहिले पनि युवा र महिला मैत्री हुन नसकेको आरोप लगाउँदै उनले मंसिर ४ गतेपछि नेकपा एमालेको उपस्थिति शून्य हुने दाबी गरे । उनले हरेक क्षेत्रमा सत्ता सिन गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधानको रक्षा गर्न आग्रह गरे।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement