काठमाडौबाट शाखा ल्याएर सहकारी खोली ठगी गर्दा स्थानीय सहकारी प्रती जनविश्वास घट्दै गएको गुनासो

काठमाडौबाट शाखा ल्याएर सहकारी खोली ठगी गर्दा स्थानीय सहकारी प्रती जनविश्वास घट्दै गएको गुनासो
0 0
Read Time:2 Minute, 4 Second

बुटवल,१७ मंसिर । सजिलो बचत तथा ऋण सहकारी संस्थाकाे १४ ओैं वार्षिक साधारण सभा तथा छैठाैं अधिवेशन सप्पन्न भएको छ।शनिबार बुटवलमा एक कार्यक्रममा बिचमा सहकारीको साधारणसभा तथा अधिवेशन गरिएको हो।
कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष रामराज पाेखरेलले काठमाडौंबाट आएर शाखा कार्यालय खाेलेर बचत सञ्चालन गर्दै आएका सहकारीबाट जाेखिम बढेकाे बताउदै यसले स्थानीय स्तरबाट खुलेका सहकारीलाई समस्यामा पारेको गुनासो गरेका छन।
उनले नियमनकारी निकायले अनुगमन र नियमन गर्न नसक्दा बचतकर्ताकाे बिचल्ली भएकाे र सहबारीकाे बदनामी हुने गरेकाे गुनासो गरे।
आर्थिक संकट लागेकाे बेला सजिलाेमा आर्थिक संकट नआएकाे उनले बताउदै लगानीमा कडाई गर्न सके सहकारीमा सुधार गर्न सकिने बताए।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका प्रबन्धक नारायण बेलबासेले आर्थिक र सामाजिक विकासकाे लागि जिवनयापनमा सहयाेग गर्नकाे लागि सहकारी शिक्षालाइ जाेड दिन आग्रह गरे। उनले सदस्यलाई ऋण र बचेतबाट धनी बनाउने गरि काम गर्न आग्रह गरे।
कार्यक्रममा बुटवल उपमहानगरपालिका ९ का वडा अध्यक्ष प्रदीप श्रेष्ठ, सहकारीका उपाध्यक्ष विश्वबन्धु बिनयी,सचिव गुणानिधी खनाल,कोषाध्यक्ष ई अनिलराज शाक्य,लेखा समिती संयोजक विनसलाल श्रेष्ठ लगायतले बोलेका थिए।
सहकारी २०६५ सालमा स्थापना भएको सहकारीमा ७६६ शेयर सदस्य रहेका छन।अधिवेशनले नया नेतृत्व समेत चयन गर्नेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement