विश्वकप हेर्न कतार पुगेकाहरु भन्छन : प्रत्यक्ष हेर्न पाउँदा निकै खुसि लाग्याे
बुटवल । मंसिर ४ गतेबाट शुरु भएको विश्वकप फुटवलको रौनक विश्वका धेरै देशहरुमा देख्न सकिन्छ । नेपाली सहभागि नभएपनि विश्वकप फुटवल निकै चासोका साथ यहाँ हेर्ने गरिन्छ । हरेक ४ वर्षमा हुने विश्वकप फुटवल यो वर्ष कतारका बिभिन्न रंगशालाहरुमा भईरहेको छ ।
नेपाल सहभागि नभएपनि नेपालीले बिभिन्न देशहरुलाई समर्थन गर्दै निकै उत्साहका साथ हेर्न थालेका हुन् । मंगलबारबाट सेमिफाईनलका खेलहरु हुनेछन् । सेमिफाईनलको पहिलो खेलमा अर्जेन्टीना र क्रिोएसिया तथा दोस्रो खेलमा फ्रान्स र मोरोक्को बिच प्रतिष्प्रर्धा हुँदैछन् ।
सोही विश्वकप फुटवल प्रत्यक्ष हेर्नलाई रुपन्देहीका बिभिन्न स्थानबाट कतार पुगेकाहरुले लुम्बिनीप्रेससंग अनुभव साट्दै निकै रामाईलो र गर्व लागेको प्रतिक्रिया दिएका छन् ।
रुपन्देहीको सैनामैना नगरपालिकाका खेमराज पोख्रेल, सिता अर्याल तथा शुद्धोधन गाउँपालिकाका गोकुल अर्याल पनि प्रत्यक्ष फुटबल हेर्न कतार पुगेका छन् । होटल व्यवसायमा आबद्ध उनीहरु वल्र्डकप हेर्न कतार पुगेका हुन् । ३ जनाको टिमसँगै कतार पुगेका उनले देशका विभिन्न जिल्लाबाट निजी खर्चमा फुटबलको मज्जा लिन कतारका रंगशालामा हुटिङ गरेका नेपालीहरु थुप्रै देखे ।
गोकुल अर्याल भन्छन्, ‘सानो ग्राउन्डमा हेरेको बानी गाउँजत्रै ठूलो मैदानमा फुटबलको भिडन्त प्रत्यक्ष हेर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको छु । सेनेगल र इक्वीडरको खेल हेरीयो । अब ब्राजील र क्रोएसियाको पनि हेरीयो । अब सेमिफाईन र फाइनल हेर्ने हो। ’
‘टिकटको मूल्य त बढि नै रहेछ । तैपनि ३०, ३५ हजार नेपाली रुपैयाँ खर्च गरेर भए पनि प्रत्यक्ष खेल हेन पाइयाे । नकै रमाइलाे भयाे । ,’ सैनामैनाबाट खेल हेर्न कतार पुगेका खिमराज पोख्रेलले भने -‘धेरै नेपालीहरुमाझ बसेर हामीले पनि केही खेल हेर्न पायौँ।
यसरी जिल्ला तथा जिल्ला बाहिरका गाउँशहरबाट फुटबल हेर्न गएकाहरुले प्रत्येक ४, ४ वर्षमा आउने विश्वकप फुटबलको प्रत्यक्ष अवलोकन गर्न पाउँदा औधी खुसी लागेको बताए ।
पोख्रेल र अर्याल त एक प्रतिनिधि पात्र मात्र हुन् । उनीहरुजस्तै लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट हतार हतार गरेर खेल हेर्न कतार पुगेका उल्लेख्य छन् । केहीले कतारमा काम गरिरहेका धेरै नेपाली आफन्त तथा साथीभाइमार्फत् टिकट लिएर फुटबल हेरेका छन् भने कतिपयले अखिल नेपाल फुटबल सघं एन्फाले बाँडेको टिकटमार्फत दोहाका रगंशाला चहारीरहेका छन् ।
डिसेम्बर १८ सम्म चल्ने प्रतियोगिताको रौनक बढ्दै जाँदा कतारमा कार्यरत धेरै नेपालीहरुले पनि प्रत्यक्ष रुपमा स्टेडीयममै पुगेर खेल हेर्ने गरेको पाइएको छ ।
लेखकको सम्वन्धमा