” पुरुष जिस्काएको” भन्दै ७ तेस्रोलिङ्गी महिलालाइ पक्राउ गरेपछि तेस्रोलिङ्गी सम्बद्ध संघसस्थाद्वारा बिरोध

” पुरुष जिस्काएको” भन्दै ७ तेस्रोलिङ्गी महिलालाइ पक्राउ गरेपछि तेस्रोलिङ्गी सम्बद्ध संघसस्थाद्वारा बिरोध
2 1
Read Time:4 Minute, 0 Second

बुटवल । बुटवलस्थित सडक, चोक तथा सार्वजनिक स्थानमा जम्मा भएर पैदलयात्रीलाई यौनजन्य इसाराका संकेतहरुबाट जिस्काएको आरोपमा प्रहरीले ७ जना तेस्रोलिङ्गी महिलालाई पक्राउ गरेपछि तेस्रो लिंगी सम्बद्ध संघसंस्थाहरु विरोधमा उत्रिएका छन् ।
बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले तेस्रो लिंगीहरुलाई स्थानिय बासिन्दाबाट कुटपिट भएपनि प्रहरीले तेस्रोलिंगीहरुलाई नै पक्राउ गरेको भन्दै विरोधमा उत्रिएका हुन ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा प्रहरीकै अगाडि प्रहरीको लौरो खोसेर स्थानिय केही महिलाले तेस्रोलिंगी माथी निर्घात कुटपिट हुँदा समेत प्रहरी मुखदर्शक भएर बसेको समेत उनीहरुले बताएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै एक्लोलाई शाहारा दिने वृक्ष अभियानका रेसम न्यौपानेले स्थानियको गुनासाका आधारमा प्रहरीले तेस्रोलिंगीहरुलाई पक्राउ गरेपनि घटनाको यथार्थता बारे आफुहरुको कुरा प्रहरीले नसुनेको उनले बताए ।
ईलाका प्रहरी कार्यालय बुटवलमा घटना बारे जानाकारी लिन खोज्दा आफुहरुलाई वेवास्ता गरेको भन्दै उनले पिडित र पिडकका कुरा प्रहरीले सुन्नुपर्ने बताए ।
साथै उनले कुटपिट गर्नेहरु विरुद्ध मुद्धा दायर गर्न खोज्दा प्रहरीले निवदेन नै लिन ईन्कार गरेको बताए । निवेदन दर्ताका लागि प्रहरी कहाँ पुग्दा विभिन्न बाहाना बनाएको र घटनाक्रम बारे जानाकारी लिन र दिन पुर्ण रुपमा अस्वीरकार गरेको उनले बताए ।
प्रहरीले होटल व्यवसायी सहित विभिन्न टोल विकास संस्था, स्थानियको जनगुनासोको आधारमा तेस्रो लिंगीहरुलाई पक्राउ गरेको बताएपनि होटल व्यवसायीहरु समेत यस विषयमा संवादका लागि तयार नभएको न्यौपानेको भनाई छ।
उनले होटल व्यवसायीहरुले यदि कुनै पनि बाहनामा आफ्ना निर्दोष साथीहरु अन्याय परेको अवस्थामा होटल व्यवसायीले गर्ने भनेको सडक खाना महोत्सवलाई असफल बनाउन देशभरका तेस्रो लिंगी बुटवलमा बोलाउने समेत बताईन। पत्रकार सम्मेलनमा मनिला न्यौपाने,पुष्पा लामा, अवन्तिका घर्ती, अनु अनमोल लगायतले बोल्दै समाजले फरक दृष्टिकोणले हेर्ने समुदायलाई प्रहरीले समेत अन्याय गर्दै आएको बताएका थिए ।
बुटवल उपमहानगरपालिका क्षेत्रका विभिन्र सार्वजनिक स्थाहरुमा महिलाको समूहले पैदलयात्रीलाई यौनजन्य इसारा गरेर हैरान बनाउने गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले गत आईतबार उनीहरुलाई पक्राउ थियो । पक्राउ पर्ने मध्य १८ वर्ष उमेर लेखिएका दुई जना १८ वर्ष नपुगेको उनिहरुको दाबी छ।
पक्राउ परेका ७ जनाविरुद्ध मुलुकी अपराध संहिताको दफा ११८ (१) अनुसार अभद्र व्यवहार कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Happy
Happy
13 %
Sad
Sad
63 %
Excited
Excited
13 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
13 %

Advertisement