बुटवलको मेलामा पुन प्रयोग गर्ने सेनेटरी प्याडमा आकर्षण

बुटवलको मेलामा पुन प्रयोग गर्ने सेनेटरी प्याडमा आकर्षण
2 0
Read Time:4 Minute, 38 Second

बुटवल। पुस ७ गते देखी बुटवल मण्डपमा चलिरहेको १५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी एवं कृषि, प्रविधि एवं पर्यटन महोत्सवमा दैनिक रूपमा हजारौँ दर्शकले अवलोकन गरिरहेका छन् । प्रदर्शनीका स्टलहरू घुमिरहँदा महिलाहरूको ध्यान पुन प्रयोग गर्न मिल्ने सेनेटरी प्याडको स्टलमा पुगिरहेको छ ।
स्वदेशी उत्पादनहरूलाई निकै प्राथमिकताका साथ राखिएको मेलामा रुपन्देहीकै तिलोत्तमा नगरपालिका १ ड्राइभर टोल, न्यु होराइजन कलेज नजिकै रहेको अन्जु सेनेटरी प्याड उद्योगबाट उत्पादित सामाग्रीहरूले ध्यान खिचेको हो ।
उद्योगबाट पुनः प्रयोग गर्न सकिने खालको आधुनिक एवम् वातावरणमैत्री कपडाबाट बनेको सेनेटरी प्याड उत्पादन गरी बिक्री वितरण गरिरहेको छ ।

Advertisement

प्रदर्शनीको स्टल नम्बर एच ३ मा रहेको अन्जु सेनेटरी प्याडमा भिडभाड निकै भइरहेको सञ्चालक अन्जु थापाले बताइन् । कपडाबाट बनेको प्याडलाई धोएर ३ वर्ष सम्म पुनः प्रयोग गर्न मिल्ने बताइन् ।
उनले भनिन्,‘ हामीले प्रदर्शनीमा यो पटक यहीँ रुपन्देहीमा नै बनेको र पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड लिएर आएका छाँै । लामो समय देखी यसको बारेमा बताउँदै आए पनि यो पटक यहाँ आउन दर्शकलाई प्याडको बारेमा जानकारी गराई रहेका छौँ । ’

कीटाणुरहित कपडाको प्रयोग गरेर बनाएका सामाग्रीहरू रहेको र लामो समयसम्म प्रयोग गर्न मिल्ने भएकोले महिलाहरूलाई निकै किफायती पर्न जाने उनको तर्क छ। अन्य प्याडहरू प्रयोग गरिसकेपछि फ्याँक्नुपर्ने भए पनि यो प्याड धोएर प्रयोग गर्न सकिने बताउँदै उनले यसको प्रयोग बढेमा थोरै भए पनि वातावरण प्रदूषण हुनबाट जोगिने बताइन् ।

उनले भनिन्, ‘ हामीले कीटाणुरहित कपडाको प्रयोग गरेर प्याडहरू र पेन्टीलाईनरहरु बनाएका छाँै । यसको पुनः प्रयोग गर्न निकै सहज छ । बजारमा पाइने प्याड तथा पेन्टीलाईनरहरु प्रयोग गरेपछि फ्याँक्नुपर्छ, तर हाम्रो धुने र घाममा सुकाएपछि पुनः प्रयोग गर्न मिल्छ । यसले पर्यावरण समेत शुरक्षित हुन्छ ।’

स्टल तथा उद्योगमा २ सय देखी ५ सय प्याडका विभिन्न प्रकार र २ सय ५० रुपैयाँ पर्ने पेन्टीलाईनरहरु पनि रहेको उनले जानकारी दिइन् । पहिले प्रयोग गरेका महिलाहरूले निकै उत्सुकताका साथ पुनः खरिद र अन्य साथीहरु पनि ल्याएको उनले बताइन् ।

‘हामीसँग फरक फरक प्रकृतिका प्याडहरू रहेका छन् । हामीसँग महिला दिदि बहिनीहरु सँग घरमै भएको सफा कटनको कपडा राखेर प्रयोग गर्न मिल्ने र सिधै हाम्रै प्याड प्रयोग गर्न मिल्ने गरी दुई प्रकारका प्याडहरू रहेका छन्। तर हामीले सिधै हाम्रो प्याड प्रयोग गर्न सुझाव दिन्छौँ ।’ उनले भनिन्, ‘हामीसँग दुई वटा (जोडी) लिएर जानेहरू धेरै हुनुहुन्छ र हामी पनि यही सुझाव दिई रहेका छौँ । एउटा प्रयोग गर्ने र अर्को धुन मिल्ने गरी । यसरी सहज तरिकाले प्रयोग गर्न सकिन्छ । ’

प्रदर्शनीमा दैनिक औसतमा २० हजार भन्दा बढिको कारोबार भइरहेको उनको भनाई छ । उनले प्रदर्शनीमा आउने ग्राहकका लागि क्युआर कोर्डको पनि व्यवस्था गरेकी छन् । यसले सामाग्री किन्नको लागि हातमा पैसा नभए पनि सजिलो भएको उनको दाबी छ । प्रविधिको प्रयोगलाई पनि ध्यानमा राखेर क्युआर कोर्डको व्यवस्था गरिएको उनको भनाई छ ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %