चर्चामा

लुम्विनीमा उत्प्रेरणा तथा भाषण कला तालिम

लुम्विनीमा उत्प्रेरणा तथा भाषण कला तालिम
0 0
Read Time:2 Minute, 30 Second

बुटवल, १६ पुस । निजी तथा आवासिय विद्यालय एशोसियन नेपाल नेशनल प्याब्सन रुपन्देही लुम्विनी साँस्कृतिक नगर समितिले स्थानीय संस्थागत विद्यालयका लागि एक दिने उत्प्रेणा तथा भाषण कला तालिम कार्यक्रम गरेको छ । नेशनल प्याब्सनसँग आवद्ध सदस्य विद्यालयका शिक्षक÷महिला शिक्षकको वाक क्षमता अभिवृद्धिका लागि उत्प्रेणा तथा भाषण कला तालिम कार्यक्रम गरिएको हो । कार्यक्रममा स्थानीय एक दर्जन विद्यालयका ५० बढी शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घटन गर्दै लुम्विनी साँस्कृतिक नगरपालिकाका उपमेयर कल्पना हरिजनले सिकाईलाई ब्यवस्थित गर्न सके सकारात्मक शैक्षिक उपलब्धि हासिल हुने बताउनुभयो । उहाँले संस्थागत विद्यालयको स्तरवृद्धिका लागि स्थानीय सरकारले कार्यक्रम बनाएर सहकार्य गर्ने समेत बताउनुभयो । नेशनल प्याब्सन लुम्विनी नगर समितिका अध्यक्ष राम अवतार यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेशनल प्याब्सन रुपन्देहीका कोषाध्यक्ष अमरनाथ पाठकले शिक्षकको क्षमता विकासका लागि नेशनल प्याब्सनले तालिकावद्ध रुपमा कार्यक्रम गर्दै जाने बताउनुभयो । नेशनल प्याब्सनका लुम्विनी नगर सचिव रामप्रसाद यादवको संचालनमा भएको कार्यक्रममा एन प्याब्सन लुम्विनीका सदस्य समुझ यादवले सिकाई उपलब्धिलाई ब्यवहारमा लागु गर्न सुझाव दिनुभयो । मोटिभेशनल स्पीकर तथा संचारकर्मी झविन्द्र देवकोटाले सहजिकरण गर्नु भएको कार्यक्रममा अभिभावक विद्यार्थी र शिक्षक विचको सम्वन्ध, बोल्ने शैली, भाषण कला, उद्घोषण लगायतका विषयमा सहजिकरण गर्नु भएको थियो । तालिमको संयोजन स्थानीय लुम्विनी इङलिस मिडियम स्कुल एशोसियशनले गरेको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement