काङ्ग्रेस लुम्बिनीको प्रदेश सम्मेलन शुरु

काङ्ग्रेस लुम्बिनीको प्रदेश सम्मेलन शुरु
0 0
Read Time:2 Minute, 14 Second

बुटवल । नेपाली काँग्रेसको लुम्बिनी प्रदेशको पहिलो सम्मेलन शुरु भएको छ।
बुटवलको बुटवल सम्मेलन केन्द्रमा शुरु भएको प्रदेश सम्मेलनलाई पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा. शेखर कोईराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, बाँकी ६ वटै प्रदेशका प्रदेश सभापति लगायतले सम्बोधन गर्दै छन।
सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रदेश सभापति अमरसिंह पुनले सम्मेलनमा बोलिने कुरालाई जनताले काङ्ग्रेसको आवाज रहेको महसुस गरेको बताए। उनले सम्मेलनले देशभर नयाँ सन्देश प्रवाह गर्नेगरी तयारी गरिएको जानकारी गराए ।
सम्मेलन भोलि सम्म चल्नेछ। सम्मेलनमा ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनीधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, भातृ तथा सुभेच्छुक संस्थाका प्रमुख, प्रदेश समितिका पदाधिकारी सदस्य तथा सल्लाहकारहरु, प्रदेशबाट केन्द्रमा प्रतिनीधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारी समेत गरी ७ सय ५० बढी सम्मेलनमा सहभागि छन।
सम्मेलनको उद्घाटनको दिन १६ गते भने पार्टीका नेता कार्यकर्ता समेत गरी ७ देखि १० हजार जनाको सहभागि छन् । उद्घाटन सत्रपछि राजनीतिक प्रतिवेदन , सागठानीक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस हुने छन् ती प्रतिवेदन माथि प्रतितिधीहरुको छलफल पछि पार्टी आगामी कार्य दिशा तय गर्ने कोषाध्यक्ष प्रकाश रानाले जानकारी दिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement