लुम्बिनीका मुख्यमन्त्री चौधरी भन्छन – पार्टीको निर्देशन एकै किसिमको आओस
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पार्टीबाट आउने निर्देशन केन्द्रका सबैबाट एकै किसिमको आउनु पर्नेमा जोड दिएका छन। बुटवलमा आयोजित काङ्ग्रेस लुम्बिनीको प्रथम प्रदेश सम्मेलनमा बोल्दै मुख्यमन्त्री चौधरीले केन्द्रले एकै किसिमको निर्देशन दिएमा तलको तहले सहि तरिकाले काम गर्ने उल्लेख गरे।
उनले काङ्ग्रेस लोकतान्त्रिक पार्टी भएपनी फरक फरक बिचार राख्न मिलेपनी निर्देशन एकै प्रकारले आउनुपर्ने बताउदै यसो नभए काम गर्न नसकिने दोहोर्याए । उनले काङ्ग्रेसले दुस्मन खोज्न अन्त जानू नपर्मे बताउदै पार्टी भित्रबाट नै एक अर्कालाई परास्त गर्ने प्रवृत्तिले संगठन बिग्रीरहेको बताए।
उनले यो सम्मेलनले केन्द्रबाट एउटै निर्देशन आउनेमा आफू आशाबादी रहेको बताए।
उनले संघीयताको विषयमा प्रश्न उठिरहेको बताउदै संविधान कार्यान्वयन गराउन संघबाट दिन सकिने अधिकार प्रदेश सरकारलाई दिनु पर्ने माग गरे। उनले संघले अधिकार नदिदा काम बिहिन बन्नुपरेको गुनासो गरे।
लेखकको सम्वन्धमा