चर्चामा

निर्वाचनमा गुटबन्दी गरेर टिकट बाढ्दा काङ्ग्रेस कमजोर देखिएको हो : चन्द्र भण्डारी

निर्वाचनमा गुटबन्दी गरेर टिकट बाढ्दा काङ्ग्रेस कमजोर देखिएको हो :  चन्द्र भण्डारी
0 0
Read Time:1 Minute, 55 Second

बुटवल । नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य डा चन्द्रकान्त भण्डारीले काङ्ग्रेस पार्टी कमजोर नभएको भएपनी निर्वाचनका समयमा गुटगत रुपमा टिकट बितरण गर्दा काङ्ग्रेस भित्र केही समस्या देखिएको उल्लेख गरेका छन।
बुटवलमा आयोजित काङ्ग्रेस लुम्बिनीको प्रथम प्रदेश सम्मेलनमा बोल्दै पार्टी भित्र गुटबन्दी गर्दै एक अर्कालाइ अस्विकार गर्दै काङ्ग्रेस कमजोर हो भन्दै आन्तरिक समितीहरु नै बोल्न लागेको बताउदै यो बन्द हुनुपर्ने बताए।
गुटबन्दीले संगठन वा देश नबन्ने बताउदै उनले गुटको पछि भन्दा पनि संगठन वा देशको लागि काम गर्न आग्रह गरे।
उनले अहिलेको अवस्थामा जनताले खोजेको काम गरेर देखाउनु जरुरी रहेको बताउदै आफुलाई लागेको भन्दा पनि जनताले खोजेको र चाहेको काम बुझेमा मात्रै सफल भईने उल्लेख गरे।
उनले अहिले आर्थिक मन्दीको कारणले समस्या सिर्जना भएको बताउदै स्वदेशमा नै रोजगार सिर्जना हुने माहोल बनाउन आवश्यक रहेको बताउदै युवालाइ नेपालमा नै राख्न लागिपर्नुपर्ने उल्लेख गरे।

प्रतिनिधि सभा सदस्य समेत रहेका भण्डारीले ‘नेता कस्तो छ?’ भन्ने कुरा नेताको वरिपरि कस्ता मान्छे छन भन्नेले निर्धारण गर्ने भएकोले नेताहरुले पनि आफ्नो वरपर रहने ब्यक्तिहरुको बारेमा ख्याल गर्न आग्रह गरे ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement