बुटवलमा मोतियाबिन्दुको निशुल्क अपरेसन र आँखा उपचार

बुटवलमा मोतियाबिन्दुको निशुल्क अपरेसन र आँखा उपचार
0 0
Read Time:3 Minute, 0 Second

बुटवल । बुटवलमा बुटवलमा मोतियाबिन्दुको निशुल्क अपरेसन तथा निशुल्क आँखा उपचार गरिएको छ।
पहिलाे पाईला नेपाल बुटवल शाखाकाे आयाेजना, मित्र समाज नेपालको सहयोग तथा मेट्राे आई केयर काठमाडौ र मेट्राे आई केयर लुम्बिनीकाे प्राविधिक सहयाेग तथा एभरेस्ट परेन्टेलर्सको औषधी सहयोगमा निशुल्क आँखा उपचार शिविर तथा माेतियाविन्दुकाे निशुल्क अपरेशन गरिएको हो।
पहिलाे पाईला नेपाल बुटवल शाखाले बुटवल आसपासकाे क्षेत्रमा २०८० मंसिर १५ गतेवाट १९ गतेसम्म समुदायस्तरमा आँखा राेगीहरुलाई खाेज गरि माेतियाविन्दु भएका विरामीहरुलाइ मंसिर २०, २१ र २२ गते निशुल्क सल्यक्रिया गरिएकाे हाे ।
बुटवल आसपासमा रहेका बृद्दाश्रम, मानवसेवा आश्रम तथा विभिन्न वडाहरुमा स्थानिय सरकारकाे सहयाेगमा समुदायस्तरमा आँखा राेगीहरुलाइ खाेज गरि निशुल्क आैषधी वितरण गरिनुका साथै माेतियाविन्दु भएका बिरामीहरुलाई निशुल्क सल्यक्रिया गरिएको हो।
उक्त कार्यक्रमबाट १ हजार आँखा राेगीहरुकाे आँखा जाँच, ६५० जना आँखा राेगीहरुलाई आँखा जाँच तथा औषधी वितरण गरिएकाे थियाे भने १०९ जना विरामीहरुकाे माेतियाविन्दुकाे शल्यक्रिया गरिएकाे सचिव राजन अधिकारीले जानकारी दिए।
आर्थिक रुपले कमजाेर भएका ब्यक्तिहरुलाई लक्षित गरि आँखा शिविर सञ्चालन गरिएकाे र साेहीअनुसारका विरामीहरु यश शिविरबाट लाभान्वित भएकाे संस्थाका बुटवल शाखा अध्यक्ष विनाेद बस्यालले बताए।

पहिलाे पाईला नेपालले सञ्चालन गरेकाे निशुल्क आँखा उपचार तथा माेतियाविन्दुकाे शल्यक्रिया गर्ने कार्यक्रममा मानवसेवा आश्रम बुटवल र तिलाेत्तमा बाट ११ जना माेतियाविन्दु आँखाकाे ज्याेती कमजाेर भएका बुवा आमाहरुकाे शल्यक्रिया गरेकाे जानकारी दिदै मानवसेवा आश्रम तिलाेत्तमाकि प्रमुख टीका थापाले पहिलाे पाईला नेपाल बुटवल शाखालाई धन्यवाद ब्यक्त गरिन।
बुटवल १५ निवासी ७८ बर्षिया शशिकला गाैतमले कमजाेर भएकाे आँखाकाे दृष्टि फर्काउन पहिलाे पाईला नेपालकाे याे शिविरबाट सफल भएकाेमा खुसी ब्यक्त गरिन।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement