नवप्रतिभा सहकारीको २६ औं साधारणसभा बुटवलमा सम्पन्न

नवप्रतिभा सहकारीको २६ औं साधारणसभा बुटवलमा सम्पन्न
0 0
Read Time:2 Minute, 17 Second

बुटवल । नवप्रतिभा बचत तथा ऋण सहकारी सस्थाको २६ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ। मध्यबिन्दु १० अरुणखोला बर्दघाट सुस्ता पूर्व नवलपरासीमा केन्द्रिय कार्यालय रहेको सहकारी एकाइ २ साधारणसभा बुटवलमा गरिएको हो।
सहकारीको ३६ करोड ६० लाख शेयरपूजी, १ अर्ब ५२ करोड ६७ लाख तथा कुल पूजी २ अर्ब ७८ करोड १४ लाख कुल पूजी रहेको सहकारी अध्यक्ष मोहन सिह थापा बाकबलले बताए।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले सहकारीहरुमा समस्या आईरहेको बताउदै जनताको पैसाको सुरक्षामा ध्यान दिन आग्रह गरे।
सहकारीले विपन्न संग नवप्रतिभा, सुनौलो बिहानी कार्यक्रम, एकल महिला प्रोत्साहन, खेलकुदमा नवप्रतिभा,जेष्ठ नागरिक सम्मान, पढ्दै कमाउदै लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ।
४५ हजार शेयर सदस्य रहेको सहकारीका १९ सेवा केन्द्र छन भने थप ६ वटा सेवा केन्द्रको कार्यालय ब्यवस्थापन भईरहेको जनाईएको छ।
रामनगर बुटवल सेवा केन्द्र संयोजक शिवराज पोखरेलले सहकारीले मंसिर २६ गतेदेखि पुस ५ गतेसम्म एकाइगत साधारणसभा सम्पन्न भैरहेको जानकारी दिए। उनले २६ गते बर्दघाट, २७ गते बुटवल, २८ गते पूर्वखोला,मित्याल, बुलिङटार, पुस २ गते रजहर, ५ गते कावासोती, ४ गते सर्दी र ५ गते अरुनखोलामा एकाईगत साधारणसभा सम्पन्न हुने बताए।
कार्यक्रममा बुटवल १० अध्यक्ष बलु पुन मगर,होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देही अध्यक्ष लेखनाथ पोख्रेल, बिमला पाठक, सन्दीप सापकोटा, नारायण बेल्बासे लगायतले बोलेका थिए।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement