प्रदेश स्तरीय वित्तिय तथा गोदाम ब्यवस्थापन तालिम सम्पन्न
बुटवल । नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश शाखाको आयोजनामा लुम्बिनी प्रदेश अन्र्तगत रहेका जिल्ला शाखाहरु प्रतिनीधिहरुको सहभागितामा यही मंसिर २५ देखि २७ गते सम्म संचालित वित्तिय तथा गोदाम व्यवस्थापन तालिम बुटवलमा सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश शाखा कार्यसमिति अध्यक्ष श्री लाल प्रसाद पंगेनीको अध्यक्षतामा संचालित उक्त ३ दिने तालिममा लुम्बिनी प्रदेश शाखा तथा १२ वटा नै जिल्ला शाखा कार्यसमितिका पदाधिकारी तथा लेखा/स्टोर सँग सम्बन्धित कर्मचारीहरु गरि जम्मा ३५ जना सहभागिता रहेको थियो ।
लुम्बिनी प्रदेश शाखाका उपकार्यक्रम निर्देशक राज कुमार क्षेत्रीद्धारा संचालित उद्घाटन सत्रमा प्रमुख अतिथीको रुपमा नेरेसो केन्द्रिय कार्यसमिति सदस्य नौलसिंह पुनले ब्यानर बाचन गरि तालिमको उद्घाटन गर्नु भएको थियो र पारदर्शी रुपमा वित्तिय अभिलेखन तथा व्यवस्थापन हुन सके संस्था दिगो रहने कुरा ब्यक्त गर्नु भएको थियो ।
उक्त तालिममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला शाखाहरुको वित्तिय तथा गोदाम व्यवस्थापनको अवस्था विश्लेषण गर्नुको साथै खरिद नियमावली, गोदाम ब्यवस्थापनका प्रक्रिया, लेखा अभिलेखन, आन्तरिक लेखा परिक्षण तथा भौतिक परिक्षण आदीे बारे सैद्धान्तिक छलफल गर्नुका साथै तथा प्रयोगात्मक अभ्यास गरिएको थियो ।
उक्त तालिमको सहजीकरण नेरेसो केन्द्रिय कार्यालयका उपनिर्देशक जनाद्र्धन पोखरेल, वरिष्ठ लेखा अधिकृत पत्रुश राइ, वरिष्ठ लेखा अधिकृत मायानाथ बराल, आन्तरिक लेखा परिक्षण अधिकृत नारायण पोखरेल, अञ्चल गोदामका गोदाम अधिकृत बिरेन्द्र पंथीले गर्नु भएको थियो ।
लेखकको सम्वन्धमा