चर्चामा

लुम्बिनी एक्स्पोमा ओइरिए दर्शक ; ४ दिनमा ८० हजार भन्दा बढी दर्शकको सहभागिता

लुम्बिनी एक्स्पोमा ओइरिए दर्शक ; ४ दिनमा ८० हजार भन्दा बढी दर्शकको सहभागिता
0 0
Read Time:3 Minute, 44 Second

बुटवल । बुटवलमा जारी लुम्बिनी एक्स्पो–२०८० अन्तर्राष्ट्रिय व्यापार मेलामा दर्शकहरुको सहभागिता उत्साहजनक रहेको मेला आयोजकले जनाएका छन्। मेला आयोजक रुपन्देही व्यापार संघका अनुसार पुस ५ गतेदेखि सञ्चालित मेलामा तेश्रोदिनबाट दर्शक सहभागिता उल्लेख्य देखिएको उनीहरुको भनाई छ।

Advertisement

चार दिनमा करिव ८० हजार भन्दा बढी दर्शकले मेला अवलोकन गरेको मेला आयोजक मूल समितिका संयोजक एवं संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए। “शनिबार बिदाको दिन मात्रै करिव ४० हजार दर्शक भित्रिएका थिए”–उनले भने, “हालसम्म मेला अवलोकन गर्नेको संख्या ८० हजार नाघेको छ।

विशेषगरी मेलाको सांस्कृतिक कार्यक्रमतर्फ दर्शकहरुको आकर्षण बढ्दै गएको छ। मेलामा कलाकारहरुको प्रस्तुती हेर्न दर्शकहरु झुम्मिने गरेका छन्। भने कृषिका स्टलहरुमा समेत दर्शकहरुको चासो देखिएको छ।

मेलामा सांस्कृतिक कार्यक्रमतर्फ आइतबार लोक तथा दोहोरी गायिका अस्मिता डल्लाकोटी, गायिका श्रृजना खत्री, लोकदोहोरी गायक दीपु मगर, विष्णु सिंजाली मगर र गायिका संगिता चितौरेले आ–आफ्नो प्रस्तुती दिएका थिए।

त्यस्तै राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा र राष्ट्रिय लोक भजन दाङबिच प्रतिष्पर्धा भएको छ। जसमा पाल्पा विजयी भएको सांस्कृतिक कार्यक्रम संयोजक प्रकाश पौडेलले जानकारी दिए।

‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ सुरु भएको मेलाले यस क्षेत्रको उद्योग व्यापार र लोक संस्कृति संरक्षण तथा प्रवद्र्धनमा टेवा पुग्ने आयोजकले जनाएका छन्।

लगानीको अवसर सिर्जना गर्न तथा कृषि, पर्यटन, उद्योग व्यापारको प्रवद्र्धन, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न मेलाले सघाउ पुग्ने आयोजकले विश्वास लिएका छन्।

मेला मूल आयोजक समितिका सदस्य सचिव संघका महासचिव दयानिधी भण्डारीले मेलाबाट उद्योग व्यापारको प्रवद्र्धन, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे। प्रचारप्रसार समितिका संयोजक फर्सुराम पन्तले मेलाका अवसरमा विभिन्न क्षेत्रलाई समेटेर गोष्ठीको समेत आयोजना गरिएको बताए।

महोत्सवको १० लाख दर्शकले अवलोकन गर्ने तथा ५० करोड बढीको कारोबार हुने अपेक्षा राखिएको आयोजकले जनाएका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %