लुम्बिनी एक्स्पो : अवलोकनकर्तालाई निशुल्क पानी, मोबाइल चार्जको सुबिधा दिदै ओम्स
बुटवल । रुपन्देही व्यापार संघको आयोजनामा बुटवलको प्रदर्शनी केन्द्रमा पुस ५ गतेदेखि लुम्बिनी एक्स्पो २०८० चलिरहेको छ। करिब ६ सय स्टल मेलामा छन। ती स्टल हेर्दै जादा तिर्खा लाग्न सक्छ। पानी पिउन मन लाग्न सक्छ या त मोबाईलको चार्ज सकियो वा त वाबच्चालाई स्तनपान गराउनु पर्यो भने अवलोकनकर्तालाई निकै समस्या पर्छ।
यहि समस्या अन्त्यको लागि स्टल नम्बर २७९ मा बजार ब्यवस्थापन तथा बिक्रि कर्मचारी संघ (ओम्स)नेपाल काठमाडौले निशुल्क पिउने पानी तथा निशुल्क मोबाइल्ल चार्ज र निशुल्क स्तनपान कक्ष प्रदान गरेको छ।
खाद्य बस्तु हरु सम्बन्धि बिक्रि गर्ने कम्पनी प्रतिनिधिहरु र डिलर प्रतिनिधिहरुको संयुक्त सस्था(ओम्स)ओम्सका केन्द्रिय अध्यक्ष सुर्य पराजुलीले सामाजिक कामबाट सन्तुष्टि मिल्ने र समाज सेवाको उद्देश्यले सेवा गर्न स्टल राखेर सेवा दिइरहेको बताए।
ओम्सका आजिवन सदस्य प्रकाश शर्माले निशुल्क तातो चिसो पानी दैनिम ५०-६० जार बितरण गरिएको बताए। उनले सार्वजनिक बिदाको दिनमा आउने बालबालिकाहरुलाइ दैनिक ५ सय जनालाइ बिस्कुट र चकलेट बितरण गरेको बताए ।
ओम्सका सदस्यहरुले आलोपालो माध्यमबाट सेवा मिलाईएको बताए। लुम्बिनी साखा कार्यालय रुपन्देहीमा १३५ सदस्य छन।स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार,सहर देखी गाउँसम्म व्यापार बिस्तार भन्ने मूल नाराका साथ रुपन्देही व्यापार संघले पुस ५ गतेदेखि सञ्चालित मेला पुस १८ गतेसम्म चल्नेछ।
एक्स्पोमा सबैभन्दा धेरै गार्मेन्ट तथा तयारी पोसाकका १ सय ४१ स्टल छन् । होटेल तथा रेस्टुरेन्टका २३, कृषिका ४३, अन्तर्राष्ट्रिय १०, ब्याग र जुत्ता चप्पलका ६८ र राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका ७८ स्टल रहने मेला आयोजक संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।
शृङ्गार, उपहार तथा खेलौनाका ५२,फर्निचर तथा फर्निसिङ, किचन एन्ड प्लास्टिकका ५३,बैंक÷वित्तीय संस्था एवं शैक्षिक संस्थाका १८, अटोमोवाइल्का ६, सूचना प्रविधि, इलेक्ट्रिक तथा इलेकट्रोनिक्सका १६,आइसक्रिम तथा वेकरीजका १८,स्टेशनरी तथा स्पोर्टसका ८ र औषधिजन्य ६६ स्टल रहेको अध्यक्ष घिमिरेले बताए । मेलामा १० लाख दर्शकलाई अवलोकन गराई ५० करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको उनले बताए ।
लेखकको सम्वन्धमा