धरानका मेयर हर्क साम्पाङले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको फोटो, यलम्बरको राखे

धरानका मेयर हर्क साम्पाङले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको फोटो, यलम्बरको राखे
0 0
Read Time:1 Minute, 12 Second

धरान । धरान उपमहानगरपालिकाको मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नो कार्यकक्षबाट रास्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका छन् । बिहीवार आफ्नो कार्यकक्षबाट रास्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर साम्पाङले ‘यलम्बर’को फोटो राखेका हुन् ।

आज बिहीबार कार्यकक्ष छिरे लगत्तै साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दहालको तस्बिर हटाउने पहिलो काम गरेका थिए । सचिवालय स्रोतका अनुसार साम्पाङले संघ सरकारले धरानको बिकाशमा चासो नदिएको भन्दै फोटो निकालेका हुन् ।

दुवै तस्बिर हटाएर उनले ‘यलम्बर’को तस्बिर टाँगेका छन् । केहिदिन अघि मात्र साम्पाङले सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर यलम्बरको तस्बिर राख्ने घोषणा गरेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement