दिदी बहिनीको ‘जिएल हस्तकला’ले खिच्यो लुम्बिनी एक्स्पो दर्शकको ध्यान
बुटवल । बुटवल नयाँ बसपार्ककी गीता थापाका श्रीमानको ठेक्कापट्टाको काम थियो। बिहानी घरधन्दा सकेपछि गृहणि महिलाहरूको घरमा काम नभएपछि सुत्ने समयको सदुपयोग गर्दै हस्तकला तालिम लिइन।
खाली समयमा गुडिया बनाउने, ऐना-झुला, कुसन बनाउने तालिम लिएकी उनले यही क्षेत्रमा काम गरेर आयआर्जनको बाटो बनाउने योजनामा लागिन। यो योजना उनले आफ्नो बहिनी लक्ष्मी थापालाई सुनाइन।
उनका श्रीमान् पनि ठेक्कापट्टाको काम नै गर्ने र आफू पनि खाली हुने भएकोले उनले पनि सहमति जनाइन। र दुई बहिनी मिलेर २ हजारका सामाग्री घरमा ल्याएर कुसन, गुडिया बनाएर बेच्न थाले।
२०७३ सालको अन्तिम तिरबाट ‘जिएल हस्तकला’ सञ्चालनमा ल्याएका हुन। निकै परिश्रम गरेर त्यसलाई १२ लाखमा पुर्याएको बताउँछिन् सञ्चालक गीता थापा । गृहणिले केहि गर्न सक्दैनन् भन्ने सोचाइलाई परिवर्तन गर्दै दुई बहिनी मिलेर व्यवसाय गरेको बताइन।
उनीहरूले आफ्नो स्टल बुटवलमा सञ्चालित रुपन्देही व्यापार संघले आयोजना गरेको लुम्बिनी एक्स्पो – २०८० मा ल्याएका छन्। स्टल नम्बर १७२- र १७३ मा राखिएका गुडिया, कुसन, ऐना झुला लगायतका कुराहरूमा दर्शकको ध्यान खिचेको छ। मेलामा भएका अन्य स्टलका हस्तकलाका सामाग्री भन्दा पनि जिएलकै सामाग्री किन्ने गरेको अर्की सञ्चालक लक्ष्मी थापा।
उनले अहिले आफ्नो माइती परिवारका बुवा आमाका साथसाथै थप दुई कना कर्मचारी राखेर काम गरिरहेको बताइन। उनले आफूले सिकेको सिपलाई तालिम मार्फत अन्य व्यक्तिहरूलाई सिकाउँदै स्वरोजगार बनाउनको लागि काम हरू गरिरहेको बताइन।
मेलामा रु २५० देखी ३ हजार सम्मका सामाग्रीहरू मेलामा बेच्न राखिएको बताउँदै । अर्डर अनुसार जस्ता सामाग्री पनि बनाउँदै आएको बताइन।
स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार,सहर देखी गाउँसम्म व्यापार बिस्तार भन्ने मूल नाराका साथ रुपन्देही व्यापार संघले पुस ५ गतेदेखि सञ्चालित मेला पुस १८ गतेसम्म चल्नेछ।
एक्स्पोमा सबैभन्दा धेरै गार्मेन्ट तथा तयारी पोसाकका १ सय ४१ स्टल छन् । होटेल तथा रेस्टुरेन्टका २३, कृषिका ४३, अन्तर्राष्ट्रिय १०, ब्याग र जुत्ता चप्पलका ६८ र राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका ७८ स्टल रहने मेला आयोजक संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।
शृङ्गार, उपहार तथा खेलौनाका ५२,फर्निचर तथा फर्निसिङ, किचन एन्ड प्लास्टिकका ५३,बैंक÷वित्तीय संस्था एवं शैक्षिक संस्थाका १८, अटोमोवाइल्का ६, सूचना प्रविधि, इलेक्ट्रिक तथा इलेकट्रोनिक्सका १६,आइसक्रिम तथा वेकरीजका १८,स्टेशनरी तथा स्पोर्टसका ८ र औषधिजन्य ६६ स्टल रहेको अध्यक्ष घिमिरेले बताए । मेलामा १० लाख दर्शकलाई अवलोकन गराई ५० करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको उनले बताए ।
लेखकको सम्वन्धमा