एक्स्पोमा साल्ट ट्रेडिङको सुपथ मूल्य पसल, उत्पादन चिनाउने योजना
बुटवल । बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो २०८० मा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको बिक्री कक्षले सुपथ मूल्यमा सामाग्री बेचिरहेको छ।
सहुलियत दरको सुपथ मूल्य पसलबाट उच्च गुणस्तरीय एसटिसि ब्राण्ड्का खाद्यान्नको प्रयोगमा बानी बसाल्ने उद्देश्यले मेलामा स्टल राखेको साल्ट ट्रेडिङमा बिक्री भने त्यति भएको छैन।
साल्ट ट्रेडिङमा कार्यरत कृष्ण प्रसाद पौडेलले यहाँ उपभोक्ताको जानकारीको लागि आएको प्रतिक्रिया दिएका छन्। उनले मूल्य सुची सहितको स्टलबाट उपभोक्ताले सहुलियत पाउने दाबी गर्दै आफ्नो ब्रान्डका सामाग्री प्रयोगको बानी बसाल्ने लक्ष्य राहेको बताए। उनले यहाँ अन्य भन्दा केही सस्तो समेत दाबी गरे।
अर्का कर्मचारी शङ्कर यादवले स्टल नम्बर ४३३-४३४ मा बसेपनी यहाँ उपभोक्ता किन्न भन्दापनि बुझ्न धेरै आएको बताए। उनले स्टलमा पाइने सामाग्रीको मूल्य शुचि राखिएको बताए। केन्द्रको योजना अनुसार नै मेलामा स्टल राखिएको बताउँदै साल्ट ट्रेडिङका उत्पादनको बारेमा जानकारी गराउँदै आएको बताए।
स्टलमा दाल,तेल, चामल, नुन, चिनी, चिउरा लगायत ४० प्रकारका सामाग्री रहेको उनले जानकारी दिए ।
स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार,सहर देखी गाउँसम्म व्यापार बिस्तार भन्ने मूल नाराका साथ रुपन्देही व्यापार संघले पुस ५ गतेदेखि सञ्चालित मेला पुस १८ गतेसम्म चल्नेछ।
रुपन्देही व्यापार संघका महासचिव दयानिधि भण्डारीले मेलामा अहिले सम्म साढे २ लाख बढी दर्शकले एक्स्पो अवलोकन गरेको बताए।
एक्स्पोमा सबैभन्दा धेरै गार्मेन्ट तथा तयारी पोसाकका १ सय ४१ स्टल छन् । होटेल तथा रेस्टुरेन्टका २३, कृषिका ४३, अन्तर्राष्ट्रिय १०, ब्याग र जुत्ता चप्पलका ६८ र राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका ७८ स्टल रहने मेला आयोजक संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।
शृङ्गार, उपहार तथा खेलौनाका ५२,फर्निचर तथा फर्निसिङ, किचन एन्ड प्लास्टिकका ५३,बैंक÷वित्तीय संस्था एवं शैक्षिक संस्थाका १८, अटोमोवाइल्का ६, सूचना प्रविधि, इलेक्ट्रिक तथा इलेकट्रोनिक्सका १६,आइसक्रिम तथा वेकरीजका १८,स्टेशनरी तथा स्पोर्टसका ८ र औषधिजन्य ६६ स्टल रहेको अध्यक्ष घिमिरेले बताए । मेलामा १० लाख दर्शकलाई अवलोकन गराई ५० करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको उनले बताए ।
लेखकको सम्वन्धमा