एक्स्पोमा अर्गानिक मह चखाउँदै सैनामैनाका अधिकारी परिवार

एक्स्पोमा अर्गानिक मह चखाउँदै सैनामैनाका अधिकारी परिवार
0 0
Read Time:4 Minute, 11 Second

बुटवल । रुपन्देही व्यापार संघले सञ्चालन गरेको लुम्बिनी एक्स्पो २०८० मा ७ स्टलमा मौरी जन्य उत्पादन राखिएका छन्। केही रुपन्देहीका छन् भने धेरै अन्य जिल्लाका ।

Advertisement

स्टल घुम्दै जाँदा २६ नम्बर स्टलमा श्री रामापुर मौरी स्रोत केन्द्र ले आफ्नो उत्पादन ‘श्रीराम मह’का विभिन्न प्रकारहरू चखाई रहेको थियो। सैनामैना नगरपालिका ८ रामापुरमा रहेको केन्द्रको स्टलमा बसेका दम्पती कविराज अधिकारी र भगवती बेल्बासेले मह चखाउने र मौरी सँग सम्बन्धित जानकारीहरू गराई रहेका छन्।

व्यवस्थापन सङ्कायबाट स्नातकोत्तर गरेका अधिकारी स्वदेशमा नै केही गर्नु पर्छ भनेर आफ्ना बुवा फर्शुराम अधिकारीले २३ वर्ष अधि सुरु गरेको मौरी पालनलाई निरन्तरता दिइरहेको बताउँछन्।

आमा गीता अधिकारी, बुबा र श्रीमती सबैले मिलेर काम गर्ने बताउँदै थप ४ जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिएको जानकारी दिए।
तोरी, चिउरी, रुदिलो, लिची, फापर, गुराँस , जडीबुटी (झार), सिसौ,चाका सहित मह, प्रोपोलिस मह लगायतका महका नमुनाहरू राखेर चखाउँदै समेत गरिरहेका छन्। उनले एक्स्पोमा खरिद गर्नेलाई १५ प्रतिशत छुटमा मह प्रदान गरिएको जानकारी दिए।

उनले भिन्न भिन्न मह मौरीलाई चराउन लगेर उत्पादन हुने बताए। उनले सिजन र फुल अनुसार मौरी चराउन लैजाने गरेको बताए। रोल्पा प्युठान, अर्घाखाँची दाङ सिरिङे शक्तोखोर लगायतका स्थानमा सिजनका फुल अनुसार लैजाने गरेको सुनाए।
सबै परिवार साथमा बसेर वार्षिक ६-७ लाख बचत गर्न सफल रहेको बताउँदै विदेश जाने बाध्यता नहुँदा परिवार सबैमा सन्तुष्टि रहेको बताए।

उनले आफ्नोमा हुने उत्पादन औषधीय गुणका समेट रहेको जानकारी दिए। उनको अनुसार केन्द्रमा उत्पादित पोलेन- कुठ (माहुरीले बोकेर ल्याउने पहेँलो बस्तु), पोर पोलिस( मौरीले आफू सुरक्षित रहन ल्याउने सामाग्री जसको प्रयोग औषधीय सामाग्री हो),रोयल जेली (रानी मौरीले खाने खाने) बि ब्रेड – (कुठ र मह मिलाएर – प्रोटिन र मिनरल्स हुने भएकोले डाईटको रूपमा प्रयोग।) निकै बिक्री भइरहेको जानकारी दिए।

केन्द्रबाट मौरीको टोकाइको उपचार तथा मौरी जन्य उत्पादनबाट हुने उपचार समेत प्रदान गरेको बताए।मह तथा मौरीको बारेमा पालन देखि उत्पादन बिक्री लगायतका बरेमा ९८४७१४०४१६ मा फोन गरेमा निःशुल्क जानकारी एव परामर्श गर्दै आएको जानकारी दिए।

स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार,सहर देखी गाउँसम्म व्यापार बिस्तार भन्ने मूल नाराका साथ रुपन्देही व्यापार संघले पुस ५ गतेदेखि सञ्चालित मेला पुस १८ गतेसम्म चल्नेछ।
मेलामा १० लाख दर्शकलाई अवलोकन गराई ५० करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %