पर्यटक लोभ्याउन सडक महोत्सव
- सत्यदीप सन्देश संवाददाता
- पुस १२, २०८१
- 168 Shares

पोखरा । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराको आयोजनामा शनिबारदेखि पोखरामा सुुरु हुने २६ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सवको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन् गर्ने आयोजक रेबान पोखराले जनाएको छ ।
कोमागाने पार्कमा हुने उद्घाटन समारोह अघि खहरेबाट विभिन्न जातजाति, ६० बढी आमा समुह, पर्यटन सम्बद्ध विभिन्न संघसंस्था लगायतको उपस्थितिमा सांस्कृतिक झाँकीसहित र्याली निस्कने महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिए ।
आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलका अनुसार महोत्सव सफल पार्न गठित विभिन्न समिति, उप–समितिले आ–आफ्नो तयारी पूरा गरेका छन् । महोत्सव तयारीका लागि रेबान पोखराले सुरक्षा परिषद् बैठक, स्वास्थ्य समितिको बैठक, सांस्कृतिक समूहको बैठक, लगायत बैठकहरू सम्पन्न गरेको थियो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलिया, सशस्त्र प्रहरी बल कालिका गणका गणपति अरुण कुमार शर्मा, राष्ट्रिय अनुसन्धान कार्यालय कास्कीका उप–अनुसन्धान निर्देशक सुरेशकुमार तिवारी, कृष्णदल गण फुलबारी ब्यारेक पोखराका सन्दीप केसी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, यातायात तथा पार्किङ समितिका संयोजक चिरञ्जीवी पोखरेल लगायतको उपस्थितिमा सुरक्षा परिषद् बैठक सम्पन्न गरेको थियो ।
प्रतिकृया दिनुहोस्
- प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान
- ढोरपाटनमा जिप दुर्घटना : २ जनाको मृत्यु, १२ घाइते
- अटो इन्जिनियरिङ व्यवसायीका लागि दुई प्राविधिक तालिम शुरु
- सुनचाँदी व्यवसायीहरु विलासिता कर र भ्याट खारेजीको मागसहित आन्दोलनमा, दुई दिन पसल बन्द गर्ने
- ९ दिने अटिजम सचेतना बुटवलमा जारी
- आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत
- आरिफको उत्कृष्ठ ब्याटिङमा नेदरल्यान्ड्सलाई नेपालले दियो २३७ रनको लक्ष्य
- प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित
- आइसिसी विश्वकप क्रिकेट लिग-२ स् नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दै
- युवा व्यवसायी न्याैपाने दम्पतीकाे जन्मदिनमा रक्तदान कार्यक्रम, ६१ युनिट संकलन
-
बाजुराको बाम्का बजारमा भिषण आगलागी, ३०/३५ पसल जलेर नष्ट
जेष्ठ २४, २०८२ -
प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान
जेष्ठ ३१, २०८२ -
ढोरपाटनमा जिप दुर्घटना : २ जनाको मृत्यु, १२ घाइते
जेष्ठ ३१, २०८२ -
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत
जेष्ठ २६, २०८२ -
अटो इन्जिनियरिङ व्यवसायीका लागि दुई प्राविधिक तालिम शुरु
जेष्ठ ३०, २०८२ -
९ दिने अटिजम सचेतना बुटवलमा जारी
जेष्ठ २९, २०८२
लेखकको सम्वन्धमा