add frist

आर्वा विजय मा.वि.को ३८ औ वार्षिकोत्सव

पोखरा,पुस । पोखरा महानगरपालिका १३ ढाँडबेसीमा रहेको आर्वा विजय मा.विको ३८ औ वार्षिकउत्सव एव अभिभावक दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर बराल को सभापतित्वमा भएको उक्त कार्यक्रममा वोल्दै प्रमुख अतिथि पुर्व जिल्ला उप सभापति,विद्यालयका सल्लाहकार एंव विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष श्रीनाथ बरालले गुणस्तरीय सिप युक्त प्राविधीक शिक्षा नै आजको आवश्यकता रहेको भन्दै गुणस्तरीय शिक्षाका लागि अहोरात्र खट्नुहुने शिक्षकहरु लाई धन्यवाद दिए । साथै स्कुललाई आफ्नो क्षमताले भ्याए सम्म जिवनभर सहयोग गरिरहने प्रतिबद्धता जाएर गरे ।
विद्यालयका शिक्षक मन्जु कुमारी रिजालद्दारा सन्चालीत कार्यक्रममा विद्यालयका प्र.अ शिवराज पौडेलले प्र.अको प्रतिवेदन प्रस्तुत गर्दे विविध शैक्षिक, आर्थिक र भौतिक गतिविधीको बारेमा जानकारी गराएका थिए भने लेखा प्रतिवेदन लेखा शिक्षक चन्द्रउदय बरालले प्रस्तुत गरेका थिए ।

विद्यालयका शिक्षक पद्मादेबी बराल र छात्र रोशन ठाकुरले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा शिक्षा अधिकृत बद्रीनाथ सुवेदी सामाजिक परिश्रम संयोजक बिष्णु प्रसाद अधिकारी, जग्गा दाता इन्द्र प्रसाद बराल, धर्मनाथ बराल लगाएतले शुभकामना मन्तव्य राखेका थिए । साथै पुर्व सहायक प्र.अ.बालकृष्ण बि.क.बाट रु. एघार हजार एक सय एघार र मित्र मिलन सहकारी संस्था लि.बाट रु. तीस हजार बिद्यालयलाई आर्थिक सहयोग गरेका थिए ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरुद्दारा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरीएको सो कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरीनुको साथै विद्यालयमा लामो समय सेवा गर्ने शिक्षक तथा कर्मचारीलाई सम्मान गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु