add frist

एटलसको नेतृत्व विकास तालिम

बुटवल। एटलस वेलफेयर अर्गनाइजेशनले नेतृत्व विकास तालिम तथा रणनितिक कार्ययोजना गोष्ठी शनिवार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान बुटवलका कार्यालय प्रमुख मुकुन्द ज्ञवालीले प्रशिक्षण कार्यक्रममा सहजीकरण गर्नुभएको थियो ।

संस्थाको सुदृढीकरणका लागि रणनीतिक कार्ययोजना तर्जुमा विधि, प्रक्रिया तथा समाज सेवाको गतिविधिहरु किन र कसरी प्रभावकारी रुपमा सञ्चालन गर्ने, नेतृत्व विकास कसरी गर्ने भन्नेबारे आधारभूत ज्ञान र उत्प्रेरणा प्राप्तिको उद्देश्यका साथ संचालित उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष राजेश कुमार थैवको स्वागत तथा सह–सचिव सपना खनालको संचालनमा सम्पन्न भएको थियो ।

नेतृत्व विकास तथा उत्प्रेरणामुखी कार्यक्रमको उद्देश्यलाई कार्यक्रम संयोजक मिलन सुनारले प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रम निर्धारित उद्देश्य अनुरुप प्रभावकारी रुपमा सफल भएको अध्यक्ष कल्पना श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु