एटलसको बनभोज कार्यक्रम

बुटवल । एटलस वेलफेयर अर्गनाइजेशनले शनिबार बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सबै सदस्यहरुलाई एकै थलोमा भेला गराउन धेरै सहयोग गरेको साथै सदस्य बिच एकता,सहकार्य र अर्गनाइजेशनको समृद्धिको यात्रालाई निरन्तरता दिन यस प्रकारको कार्यक्रमले थप टेवा पुग्ने अर्गनाइजेशनका अध्यक्ष कल्पना श्रेष्ठले बताउनु भयो ।
बनभोज कार्यक्रम बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरुका साथ सम्पन्न भएको थियो ।