बालअधिकारको संरक्षण हुन सरकार र नागरिक समाजको सम्बन्ध बलियो हुनुपर्छ : यादव
रुपन्देही। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले सरकार र नागरिकको सम्बन्ध बलियो भएमात्र बालअधिकारको संरक्षण हुने बताउनुभयो ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजव) ले रुपन्देहीको मणिग्राममा चैत १४ गते आयोजना गरेको बालअधिकार संरक्षणका लागि नीतिगत व्यवस्था,संरचना प्रणाली र प्रचलन विषयक प्रदेशस्तरीय कार्यशालामा यस्तो कुरा बताउनुभएको हो ।
प्रमुख यादवले संविधानले बालअधिकारको क्षेत्रमा विभिन्न अधिकारको व्यवस्था गरेकोले यसको प्रभावकारी कार्यान्वयनका लागि सरकार सक्रिय भएर अगाडी र नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार भएकोले बालअधिकारको सन्दर्भमा सबै सरोकारवालाहरुको पनि उत्तिकै भूमिका रहेको बताउनुभयो ।
सिजव जस्ता नागरिक संस्थाहरुले सरकार र नागरिकबीचको पुलको काम गर्ने भएकोले बालअधिकार र समग्र मानवअधिकारको प्रत्याभूत गराउनका लागि यस्ता अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
कार्यक्रममा सिजवका कार्यकारी निर्देशक मधु दवाडीले बालमैत्री वातावरणको श्रृजना गर्दे बालअधिकारको संरक्षण तथा प्रवद्र्धन सम्बन्धी नीति बनाई कार्यान्वयन गर्न सबै पालिकाहरुलाई आग्रह गर्नुभयो ।
बालबालिकाका क्षेत्रमा पालिकाहरुले के कसरी लगानी गर्नसक्छन् । अभिभावक र बालबालिकाहरुलाई जीवनउपयोगी सीप,अभिभावक शिक्षा तथा सचेतनाका कार्यक्रम संचालन गर्दे हरेक पालिकामा बालसंरक्षण अधिकृतको व्यवस्था गरेर अगाडी बढनु पर्ने आजको आवश्यकता भएको बताउनुभयो ।
दवाडीले हरेक पालिकाका विद्यालयस्तरमा मनोसामाजिक विमर्शकर्ताको व्यवस्था गर्दे बालबालिकामा हुनसक्ने मनोसामाजिक समस्याको समाधान गर्नका लागि स्वास्थ्यकर्मी वा नर्सलाई तालिम दिएर अगाडी बढे त्यसले पनि बालबालिकाको समस्यालाई सम्बोधन गर्ने बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका बालअधिकृत तथा बाल न्याय शाखा अधिकृत कमला पौडेलले बालबालिका सम्बन्धी ऐन २०७६ स्वीकृत,लैगिंक सम्पर्क व्यक्तिको व्यवस्था र परिचालन कार्यविधि २०७७ स्वीकृत, उत्कृष्ट महिला सहकारी छनौट सम्बन्धी मापदण्ड २०७६ स्वीकृत,प्रदेश दिवा शिशु स्याहार केन्द्र स्थापना र संचालन कार्यविधि २०७७ स्वीकृत,महिला बालबालिका तथा समाज कल्याणका क्षेत्रमा काम गर्ने संस्थालाई दिइने अनुदान सम्बन्धी कार्यविधि २०७५ स्वीकृत गरेर अगाडी बढेको बताउनुभयो ।
उहाँले प्रदेश सरकारले बाल संरक्षणको सवालमा स्टान्डर्स निर्धारण गरेर स्थानीय सरकारलाई गाइड गर्ने र बाल न्याय र विशेष संरक्षण प्रदान गर्ने गरी अगाडी बढेको बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका महिला बालबालिका संरक्षण अधिकृत प्रतिभा पन्थीले बुतवल उपमहानगरपालिकाले बालमैत्री वातावरण श्रृजना गर्नका लागि सक्रिय रुपमा अगाडी बढेको बताउनुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका महिला बालबालिका अधिकृत संझना भण्डारीले पालिकाले सामुदायिक विद्यालयहरुमा विगतदेखि यातायात खर्च वितरण गर्दे आएको र यो वर्ष वस खरिदका लागि प्रत्येक सामादायिक विद्यालयमा १० लाखका दरले अनुदान वितरण गरेको त्यस्तै सामुदायिक विद्यालयमा किशोरीलाई लक्षित गरी सेनेटरी प्याड निशुल्क वितरण, खाजाको व्यवस्था र हाम्रो तिलोत्तमा स्थानीय पाठ्यक्रम कक्षा १ देखि ५ सम्म) निर्माण तथा कार्यान्वयन सामुदायिक विद्यालयलाई ,शुन्य पोलिथिनयुक्त नगरपालिका घोषणा,नगर प्रमुखसँग बालबालिका कार्यक्रम संचालन लगायत हरियाली प्रवद्र्धन, नगरप्रमुखसँग छात्रावृत्ति कार्यक्रम जस्ता विषयमा जोड दिएको बताउनुभयो ।
त्यसैगरी सेमरा वजार मावि तिलोत्तमाका शिक्षक हरि प्रसाद भट्टराईले विद्यालयले अध्ययापनको क्रममा बालमैत्री वातावारणमा शिक्षण सिकाई गर्ने प्रतिवद्धता सहितको सूचना टाँस गरेको र बालसंजाल गठन गरी विद्यालयलाई कसर िबालमैत्री बनाउन सकिन्छ भन्ने विषयमा लागि परेको बताउनुभयो ।
विद्यालयहरुसँग समन्वय गरी किशारीमैत्री योजना बनाउनलाई सहयोग गर्ने । कोभिड १९ ले पारेका प्रभावका विषयमा छलफल, बालबालिकामा पारेको मानसिक समस्या,यौन हिंसाका सवालहरुको उठान गर्नका लागि जसको सवाल उसको नेतृत्वमा
कार्यक्रममा कालिका स्वाभावलम्बन कपिलवस्तुका कार्यकंम संयोजक अर्जुन थापाले संघियता आएपछि महिला,बालबालिका तथा जेष्ठ नागरिक कार्यालय स्थानीय पालिकामा समायोजन हुँदा र यो सवाललाई प्राथमिकता ओझेलमा परेका कारण त्यसलाई अलिक सक्रिय बनाउनुपर्ने बताउनुभयो ।
सुध्द्धोधन गाउँपालिकाले बालविवाह अन्त्यको लागि रणनिितक योजना बनाएको,दक्षिणतिरको बालबालिकाको उमेर बढाएर जन्म दर्ता गर्दा समस्या भएको,बालबिवाह गरेका बालबालिकाले पटक पटक गर्भपतन गराएको अवस्था त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ त्यसमा सोच्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका बालअधिकार अधिकृत बसन्त अर्यालले आयोगले बालबालिकाको अधिकार संरक्षण र प्रवद्र्धन गर्ने बालअधिकारमैत्री वातावरणको लागि सरकारलाई सचेत गराउने सिफारिस गर्ने नागरिक समाजसँग समन्वय र सहकार्य गर्दे आइरहेको बताउनुभयो ।
कार्यक्रममा सिजवका अध्यक्ष नरेन्द्र डंगोलले बालमैत्री योजना,ऐन नीति तथा कानून निर्माण गर्नको लागि वर्तमान सरकार सकारात्मक भएको बताउनुभयो । उहाँ वर्तमान प्रधानमन्त्री केपी शर्मा वलीले प्रत्यक्ष बालबालिकाहरुलाई वोलाएर कार्यक्रम गर्नु मुलुकका कर्णधार बालबालिका र हामी अभियान्ताको निम्तिी पनि खुशीको कुरा रहेको बताउनुभयो ।
डंगोलले सरकारले बालबालिकाको क्षेत्रमा १० बर्षे रणनैतिक योजना बनाउने तयारीमा रहेको जानकार िगराउदै रणनीतिक योजनामा छुटेका सवालहरुलाई सुझावको रुपमा राख्नका लागि सरोकारवालाहरुसँगको छलफल महत्वपूर्ण रहने बताउनुभयो ।
कार्यक्रममा नेपालको पहिलो बालमैत्री नगरपालिका सुनवलका बाल फोकल पर्सन चुरामणी नेपालले बालबालिकाको संरक्षण,संवद्र्धन,सहभागिता र सुरक्षाका विषयमा आफुहरुले बाबालिकाका अभिभावक,शिक्षक समुदायका अगुवाहश्र सबैसँगको सहकार्यमा बालमैत्री पालिका बनाउन सम्भब भएको बताउनुभयो ।
पालिकाले अवलम्बन गरेका सिकाईहरुको भिजिटका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट समेत डेढ सयभन्दा बढी समुहहरुले अवलोकन गरेको बताउनुभयो ।
कार्यक्रममा बाँके खजुरा किशोरी संजालकी सचिव मञ्जु थापा मगरले सडक मानव मुक्त जिल्ला घोषणा भएपनि बालिकामाथि हुने यौनजन्य र बलात्कारजन्य घटनाहरुको अवस्था डरलाग्दो भएको, आफ्नै बाबुबाट बालिका बलात्कृत हुनु परेको, बालबिवाहका घटनाहरु दिनप्रतिदिन घटिइरहँदा पनि बालबालिकाहरुमा विभिन्न खालका मनोबैज्ञानिक असर परेकोले सो विषयमा तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा किशोरी संजाल बर्दिेयाका अध्यक्ष दिक्षा गिरीले किशोरीहरु असुरक्षाका कारण विद्यिालय छोडन बाध्य भएकोले विद्यालय छोडेका बालिका र किशोरीहरुलाई पुनः विद्यालय भर्ना गराउनका लागि तीनै तहका सरकारले ध्यान दिनुपर्ने र बालबालिकाहरुलाई मात्र होइन, अभिभावकहरुलाई पनि कानूनी शिक्षा र सचेतनाका तालिमहरु दिनुपर्ने बताउनुभयो ।
कानूनी रुपमा बालविवाह अपराध भएको भएपनि बर्दिया जिल्लामा बालविवाहको अवस्था डरलाग्दो भएकोले त्यस विषयमा सरोकारावालाहरुलाई सो विषयमा संवेदनशिल भएर अगाडी बढनका लागि आग्रह गर्दे पाठ्यक्रममा नै बालविवाह अपराध हो र बालविवाह गर्ने उपर हदैसम्मको कारवाही हुन्छ भन्ने भयो भने बालविवाहलाई न्युनीकरण गर्न सकिने बताउनुुभयो ।
कार्यक्रममा प्लान इन्टरनेशनलका दुर्गा क्षेत्री, गैरसरकारी संस्था महासंघ रुपन्देहीका अध्यक्ष रीमा बि.सी एवीसी नेपालका सुन्दर हरिजन, सिजवका रुद्ध मश्राङ्गदी लगायतले बालअधिकारको संरक्षण र प्रवद्र्धन गर्नका लागि प्रत्येक पालिकाले बालमैत्री नीति,योजना र कार्यविधि बनाई हरेक तहमा बालबालिकाको अर्थपूर्ण सहभागिामा जोड दिई बालअधिकारमैत्री वातावरणको श्रृजना गर्न सकेमात्र बालबालिकाहरुको न्यायमा पहँुच पुग्छ र बालबालिकाहरु हिंसाबाट जोगिन सक्ने बताउनुभयो ।