test3

गृहपृष्ठ भदौ ७ गते सम्मका लागी कास्की जिल्ला भर निषेधाज्ञा

भदौ ७ गते सम्मका लागी कास्की जिल्ला भर निषेधाज्ञा

पोखरा । मंगलबार रातिदेखि लागु हुनेगरी पोखरासहित कास्की जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । आज राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजे सम्मका लागी कास्की जिल्ला भर निषेधाज्ञा जारी गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए ।

आज बिहान बसेको जिल्ला स‌ंकट व्यवस्थापन समितिको बैठकले पोखरा सहित कास्की जिल्ला भर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । पोखरामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि पोखरा भदौ ७ गते राति १२ बजे सम्मका लागी निषेधाज्ञा जारी भएको महानगर प्रमुख मान बहादुर जिसीले बताए ।

निषेधाज्ञामा अत्यावश्यक बाहेकका सम्पुर्णा निजि, सार्वजनिक संघ संस्था सहित सम्पूर्ण सरकारी कार्यालय समेत बन्द हुने मेयर जिसीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु