test3

गृहपृष्ठ अरिङ्गालको टोकाइबाट बेहोस किशोरीको मृत्यु

अरिङ्गालको टोकाइबाट बेहोस किशोरीको मृत्यु

Asian Hornet Copyright: C Villemant supplied by Dr Stephen Fleming Palam Communications 11 Byfields Road Kingsclere Newbury RG20 5TG UK

गुल्मी । धुर्कोट गाउँपालिका९४ जैसीथोक गुल्मीमा एक किशोरीको अरिङ्गालको टोकाइबाट ज्यान गएको छ । स्थानीय १८ वर्षीय विनिता कुँवरको शनिबार उपचारकै क्रममा मृत्यु भएको हो । दुईसाता अघि उनलाई जैसीथोक खेलकुद मैदान नजिकै हिँडिरहेको बेला अरिङ्गालले टोकेको थियो । फुपूलाई तीजको निम्ता गरेर घर फर्किने क्रममा उनलाई अरिङ्गालले टोकेको स्थानीय राजन केसीले जानकारी दिए । उनको गौतमबुद्ध मुटु अस्पताल बुटवलमा उपचारकै क्रममा मृत्यु भएको परिवारले जनाएको छ । अरिङ्गालले टोकेलगत्तै बेहोस भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको थियो । तर, त्यहाँ उनको उपचार सम्भव नभएपछि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा र्पुयाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु