test3

गृहपृष्ठ आज २ हजार ५ सय ८ जनामा कोरोना, १७ को मृत्यु

आज २ हजार ५ सय ८ जनामा कोरोना, १७ को मृत्यु

काठमाडौं, कात्तिक। नेपालमा शनिबार थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ८ जनामा संक्रमण भएको हो।

योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २ सय ६४ जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ३१ हजार २ सय २२ पुगेको मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणबाट शनिबार १७ जनाले ज्यान गुमाएका छन्। योसहित मृत्यु हुनेको संख्या ९३७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु