test3

गृहपृष्ठ पोखरा न्युरोडमा आगलागी,आगो नियन्त्रणको प्रयास गरिदै

पोखरा न्युरोडमा आगलागी,आगो नियन्त्रणको प्रयास गरिदै

पोखरा,साउन । पोखराको मुख्य व्यापारिक स्थल न्युरोडमा मंगलबार दिउसो आगलागी भएको छ । पोखरा न्युरोड स्थित एस मिनी मार्केटमा आगलागी भएको हो । आगलागीबाट मिनी मार्केटका कार्पेट, फोम हाउस तथा पर्दा पसल गरि करिव २० वटा सटरमा क्षति पुगेको छ । पोखरा महानगरपालिकाका ३ वटा दमकल र खानेपानि ट्यांकरको सहायतामा सुरक्षाकर्मी र स्थानीयको उपस्थितिमा आगलागी नियन्त्रण गर्ने प्रयास भैरहेको छ । दिउसो करिब ४ बजे देखि सुरु भएको आगलागी नियन्त्रणमा आइसकेको छैन । आगलागीबाट मिनी मार्केट भित्रका सटरका अधिकांश सामग्री जलेर नष्ट भएका छन् भने आसपासका शिवशक्ति फर्निचर लगायतका सटरबाट स्थानीय र प्रहरीको सहयोगबाट सामानहरु सार्ने काम भैरहेको छ । आगलागीको कारण र क्षतिबारे थप विवरण आउन बाकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु