पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालाहरूमा गरिएको पिसीआर परिक्षणका क्रममा बाँके जिल्लाका ६३ जना सहित जम्मा १ सय ७ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा सार्वजनिक गरिएको विवरणमा उल्लेख छ ।

प्रदेश ५ अन्तर्गत पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै बाँकेका ६३ जना,प्युठानका २२ जना,कपिलवस्तुका ११ जना,दाङका ५ जना,बर्दियाका २ जना तथा रूपन्देही,पाल्पा,अर्घाखाँची र राेल्पा जिल्लाका १/१ जना गरि जम्मा १ सय ७ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा जनाइएको छ ।

काेराेना भाइरस संक्रमणका कारण प्रदेश ५ मा १३ जनाको मृत्यु भएको छ भने ४ हजार १ सय ८१ जना काेराेना भाइरस संक्रमित उपचारपछि निकाे भएर घर फर्किएका छन् ।

हाल प्रदेशभर ५ सय ४३ जना काेराेना भाइरस संक्रमित उपचाररत रहेको र १ हजार ६ सय २७ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रदेश ५ मा पिसीआर परिक्षणका लागि संकलन गरिएका थ्राेट स्वाब मध्ये ९७ प्रतिशत परिक्षण गरिसकेको र ३ प्रतिशत जाच्ने प्रक्रियामा रहेको सामाजिक विकास मन्त्रालयका बरिस्ठ जनस्वास्थ्य प्रशाशक डा उमाशंकर प्रसाद चाैधरीले जानकारी दिए ।