test3

गृहपृष्ठ रुपन्देहीमा बिहिबार मात्र कोरोनाका ३१ संक्रमित थपिए

रुपन्देहीमा बिहिबार मात्र कोरोनाका ३१ संक्रमित थपिए

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा २० जना पुरुष र ११ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयले जारी गरेको बिज्ञप्तिमा बुटवल उपमहानगरमा १६ जना, सिद्धार्थनगर नगरपालिकामा ८ जना, मायादेबी गाँउपालिकामा ४ जना, देवदह नगरपालिकामा २ जना र तिलोत्तमा नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।

रुपन्देहीमा बिहिबारसम्म १४३१ जनामा संक्रमण पुष्टि भएको छ भने १४ जनाको मृत्यु भईसकेको छ । जिल्लामा ७४७ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु