test3

गृहपृष्ठ संघीय संसदको नयाँ भवन प्रधानमन्त्री ओलीद्धारा शिलान्यास

संघीय संसदको नयाँ भवन प्रधानमन्त्री ओलीद्धारा शिलान्यास

असोज, काठमाडौं । संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) का लागि आफ्नै भवन बन्ने भएको छ । आफ्नै भवन नहुँदा २०६५ सालदेखि संसद बैठक भाडाको भवनमा चल्दै आएको छ ।शहरी विकास मन्त्रालयले सिंहदरबारको पुतली बगैचामा संसदको नयाँ भवन बनाउन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार संघीय संसदको नयाँ भवनको शिलान्यास गरेका छन् ।सिंहदरबार भित्रको उत्तरपूर्वी कुनामा रहेको पुतली बगैचाको १७३ रोपनी ८ आना क्षेत्रफलमा नयाँ भवन बन्न लागेको हो । नेपाली सेनाले प्रयोग गर्दै आइरहेको सो स्थान खाली गर्न नमान्दा संसद भवन बन्न ढिलाइ भएको थियो । ३ वर्षभित्र संसदको भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले बताए । नयाँ बन्ने संसद भवनको लागत ५ अर्ब २६ करोड रहेको मन्त्रालयले जनाएको छ । नयाँ बन्ने संसद् भवन परिसरभित्र प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक कक्ष हुनेछन् । संसद भवन परिससमै संसदीय दलको कार्यालय भवन, संसदीय समितिको बैठक कक्ष लगायत भवन रहने छन् । दर्शक दीर्घा र अति विशिष्ठ व्यक्तिका लागि छुट्टै कक्षको व्यवस्था नयाँ बन्ने भवनमा बन्न लागेको छ । संघीय संसदको भवन नेपाली मौलिकता झल्किने वास्तुकलाले बन्नेछ । २०६४ सालसम्म संसद सचिवालय परिसरमा रहेको ग्यालरी बैठकमा संसदको बैठक बस्दै आएको थियो ।२०६४ सालमा संविधान सभाको निर्वाचनपछि ग्यालरी बैठक साघुरो भएपछि नयाँ वानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा संसदको बैठक बस्दै आएको छ । २०७२ वैशाख ११ गते आएको भूकम्पका कारण ग्यालरी बैठकमा क्षति पुगेपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै संसदको बैठक बस्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु