test3

गृहपृष्ठ सामुदयिक वन उपभोक्ता महासंघद्धारा अर्थमन्त्री खतिवडालाई ज्ञापन पत्र

सामुदयिक वन उपभोक्ता महासंघद्धारा अर्थमन्त्री खतिवडालाई ज्ञापन पत्र

बुटवल, साउन । सामुदायिक वन उपभोक्ता महासंघ रुपन्देहीले रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत अर्थ मन्त्री युवराज खतिवडालाई ज्ञपन पत्र बुझाएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा महासंघ रुपन्देहीका अध्यक्ष दिनानाथ आचार्य, केन्द्रिय सचिव चिव ठाकुर भण्डारी लागयतको समुह पुगेर ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा सामुदायिक वनमा हालसम्म लगाइदै आएको वन पैदावार शुल्क र नयाँ प्रस्ताव गरिएका सबै तहका वन पैदावार शुल्कहरु हटाउन माग गरिएको छ । यस्तै सामुदायिक वन उपभोक्ता समूहले व्यापारिक प्रयोजनका लागि समूह बाहिर विक्री गरेको काठ र दाउराबाट प्राप्त गरेको रकमको १५ प्रतिशत रकम वन पैदावार शुल्कको रुपमा संघीय विभाज्य कोषमा जम्मा हुने व्यवस्था गरी उक्त रकम संघ, प्रदेश र स्थानीय तहले अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम आपसमा बाँडफाँडको व्यवस्था गर्न माग गरिएको छ । ज्ञापन पत्रमा सरकारको यो प्रस्ताव संघिय भावना प्रतिकूल र सामुदायिक वन कार्यक्रमको मर्म विपरित भएकोले यस प्रस्तावको अविलम्व खारेज गरी सामुदायिक वनका उपभोक्ताको अधिकार तथा योगदानको सम्मान गर्न सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जोडदार माग गर्दै महासंघको अनुरोधलाई वेवास्ता गरिएमा सामुदायिक वन उपभोक्ता समूह तथा महासंघ आन्दोलनमा जान बाध्य हुने उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझाए पश्चात बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संघीय भावनालाई प्रतिकुल असर पार्ने गरी विभिन्न बहानामा सामुदायिक वनहरुलाई करको भार थोपरिएको भन्दै महासंघ केन्द्रीय सचिव ठाकुर भण्डारीले ध्यानाकषर्ण गर्न सरकारलाई आग्रह गरे । कारोबारको १३ प्रतिशत, उपभोक्तामा बचत रकमको २५ प्रतिशत तथा साल, खयर काठ बिक्रिको १५ प्रतिशत कर बुझाउनु पर्ने संघीय सरकारको कानूनी व्यवस्थाले सामुदायिक वन आर्थिक बोझमा परिरहेकै बेला प्रत्येक स्थानीय निकायले थप १० प्रतिशत कर असुल गर्न पाउने व्यवस्थाले सामुदायिक वनहरु मर्कामा परेको उनले बताए । हालै प्रदेश ३ सरकारले थप २५ प्रतिशत कर तथा २ प्रतिशत सेवा शुल्क लिने निर्णय गरेको जानकारी गराए । भण्डारीले विभिन्न बहानामा थप गरिएका समग्र कर ९० प्रतिशत हुन आउने बताउँदै निर्णय तत्काल सुधार नगरे सडक आन्दोलन गर्न समेत बाध्य हुने चेतावनी दिए । हाल नेपालमा महासंघ अन्तरगत २२ हजार २ सय ६६ सामुदायिक वन उपभोक्ता समूहहरुमा ६० हजार घरधुरी सहभागि रहेको र करिव १ करोड ४० लाख जनता लाभाम्वित रहेको बताउँदै सरोकारवालाले समयमै आफ्ना मागहरुको उचित सम्बोधन गरी ऐनमा भएका कुराहरुलाई नसुधारे कडा अन्दोलनमा जाने महासंघ रुपन्देहीका अध्यक्ष दीनानाथ आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु