add frist

गृहपृष्ठ चौतारीको कल्याणकारी कोषका लागि भट्टराईले दिए ५१ हजार

चौतारीको कल्याणकारी कोषका लागि भट्टराईले दिए ५१ हजार

बुटवल । नेकपा एमालेका नेता तथा औषधि व्यवसायी बाबुराम भट्टराईले प्रेस चौतारी नेपाल रुपन्देहीले स्थापना गरेको कल्याणकारी कोषका लागि ५१ हजार रुपियाँ प्रदान गरेका छन् ।
औषधि व्यवसायी संघका पुर्व केन्द्रीय अध्यक्ष रहेका भट्टराई एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य समेत हुन् । उनले पत्रकारहरुको हकहितका लागि चौतारीले कल्याणकारी कोष स्थापना गरेकोमा खुशी प्रकट गर्दै ५१ हजार रुपियाँको चेक प्रदान गरेका हुन् ।
प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल र उपाध्यक्ष भगवति पाण्डेलाई सोमबार भट्टराईले कल्याणकारी कोषका लागि रकम हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा उनले पत्रकारहरुको हक हित र पेशागत सुरक्षाका लागि जिम्मेवार भएर लाग्न र रचनात्मक काममा सक्रिय हुन सुझाव दिए ।
प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले संगठनको कल्याणकारी कोषका लागि सहयोग गरेकोमा भट्टराईलाई धन्यवाद थिए । त्यस्तै उद्योगी ऋषि भण्डारीले २५ हजार रुपियाँ उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु