add frist

गृहपृष्ठ कक्षा १२ को परीक्षाफल प्रकाशित

कक्षा १२ को परीक्षाफल प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डका अनुसार गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा आज (शुक्रबार) प्रकाशित गरेको हो ।

यस वर्षको परीक्षाके परीक्षाफल हेर्न परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिने व्यवस्था मिलाएको छ । परीक्षाफल हेर्नका लागि बोर्डको वेभसाइटमा https://neb.ntc.net.np गरेर सिम्बोल नं र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ भने एसएमएस गर्नका लागि NEB टाइप गरेर एक स्पेस छोडेर सिम्बोल नं टाइप गरेर १६०० मा पठाएर पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ । त्यसैगरि आईभिआर प्रविधिबाट नतिजा थाहा पाउन १६०१ डाइल गर्न सकिने बताइएको छ ।

परीक्षाको तालिका सार्वजनिक गरेर पनि कोभिड–१९ को महामारीका कारण दुई पटक सम्म कक्षा १२ को परीक्षा स्थगित भएको थियो । परीक्षामा मुलुक भरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु