add frist

गृहपृष्ठ पछिल्लो २४ घण्टामा १,८९७ जनाम कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा १,८९७ जनाम कोरोना संक्रमण

बुटवल,भदौ। पछिल्लो २४ घण्टामा १,८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११ हजार ६ सय ९ पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जना र ४ हजार ३७० एन्टिजेन परीक्षण गर्दा ४ सय ९ गरी १ हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ७४३ जना निको भएका छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७० हजार ७७९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ भने ७ लाख २८ हजार ९२८ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु