add frist

गृहपृष्ठ आज ३ हजार ३८३ संक्रमित थपिए, २४ जनाको मृत्यु

आज ३ हजार ३८३ संक्रमित थपिए, २४ जनाको मृत्यु

आज ३ हजार ३८३ संक्रमित थपिए, २४ जनाको मृत्यु
काठमाडौं, साउन १९ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ६३८ नमुनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८० एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ भने १ हजार ९९४ जना निको भएका छन् । यस्तै सोही समयावधिमा १ लाख ८९ हजार ४ सय ५९ जनामा कोरोना विरुद्धको खोप लगाइएको पनि मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु