add frist

गृहपृष्ठ तत्काल उद्धार र राहतमा जुट्न सभामुखको अपिल

तत्काल उद्धार र राहतमा जुट्न सभामुखको अपिल

काठमाडौं, असार । सभामुख अग्निप्रसाद सापकोटाले विपत्तिबाट प्रभावित नागरिकको तत्काल उद्धार र राहतमा जुट्न सबैमा अपिल गर्नुभएको छ। आज बिहान ट्विट गर्दै उाँहले मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीका कारण भएको मानवीय र भौतिक क्षतिको खबरले आफू स्तब्ध भएको पनि बताउनुभएको छ।
“सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा हिजो साँझदेखि लगातार आइरहेको भीषण बाढीका कारण तटीय क्षेत्रमा भएको अपूरणीय मानवीय र भौतिक क्षतिको खबरले स्तब्ध छु,” उहाँले लेख्नुभएको छ, ‘विपत्तिबाट प्रभावित नागरिकको तत्काल उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु