add frist

गृहपृष्ठ देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द

देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द

बुटवल,पुस । सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । आइतबार बसेको सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको हो । ‘कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरेका हौं, यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक्षा छ’ उनले भनिन्,‘निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेका छौं ।’

बैठकले प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने निर्णय पनि गरेको उनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु