add frist

गृहपृष्ठ एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

कठमाडौं, साउन । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा ९एसईई० को नतिजा सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले विद्यालयहरुबाट प्राप्त आन्तरिक मूल्याङ्कनलाई प्रमाणीकरण गरी नितिजा प्रकाशित गरेको र यस पटक ग्रेडिङ नगरिएको परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताउनुभयो ।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर मार्फ प्राप्त गर्न सकिने बताएको छ । बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसेलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने बताएको छ ।

त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थाबाट समेत सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु