add frist

गृहपृष्ठ अनुदानको लागि मात्रै कृषि कर्म गर्ने परिपाटी सधैको लागि अन्त्य हुनुपर्छ : नेता भुषाल

अनुदानको लागि मात्रै कृषि कर्म गर्ने परिपाटी सधैको लागि अन्त्य हुनुपर्छ : नेता भुषाल

"साधारण सभाबाट नयाँसञ्चालक समिति समेत चयन हुने छ ।"

बुटवल, भदौ । मत्स्य जोन बाट सुपर जोन बनेको रुपन्देहीमा रहेको प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना(मत्स्य सुपरजोन)सञ्चालक समितिको साधारण सभा सियारी गाउँपालिकामा सम्पन्न भएको छ । मत्स्य जोन सञ्चालक समितिका अध्यक्ष गणेश बहादुर शाहीको अध्यक्षता तथा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य घनश्याम भुषालको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै सांसाद भुषालले कृषिमा अनुदानको लागि मात्रै कृषि कर्म गर्ने परिपाटी सधैको लागि अन्त्य नभएसम्म कृषिको विकास नहुने धारणा राख्नुभयो । कार्यक्रममा बोल्दै उहाँले पहिला कृषि, त्यसपछि औद्योगीक उत्पादन र बजारीकरण गरी कृषिमा कायापल ल्याउने सकिने बताउनुभयो । माछाको राजधानीको रुपमा पहिचान बनाएको छपिया क्षेत्रमा अहिले माछा उत्पादन, माछाको परिकार खानको लागि मत्स्य पर्यटनहरुको हव बन्दै गएको भन्दै उनले यसलाई अझ बढि व्यापक रुपमा उत्पादन गरी प्रशोधन, प्याकेजिङ्ग लगायतका अन्य परिकारहरुमा समेत जोड दिनु अवको आवश्यकता रहेको बताउनुभएको थियो । कार्यक्रममा विशिष्ठ अतिथि प्रदेश सभा सदस्य (रुपन्देही३ख) का तुलसी प्रसाद चौधरीले सुपर जोन कार्यान्वयन रहेको ४ वटा स्थानिय तह सियारी, सुद्धोधन, मायादेवी, गैडहवा गाउँपालिका सबै तहको विचमा एक आपसमा संमन्वय भएमा मत्स्य सुपर जोनले विकासमा फड्को मार्ने बताउनुभयो । कार्यक्रममा गैडहवा गाउँपालिकाका अध्यक्ष बच्छुलाल केवट, सुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरी, सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या प्रसाद थारु लगायतलका जनप्रतिनिधिहरुले बोल्दै सबैको साथ र सहकार्यमा स्थानिय तहले हातेमालो गर्न तयार रहेको बताउनुभएको थियो । कार्यक्रममा मञ्जु ज्ञवालीको स्वागतग रहेको कार्यक्रम तारा ज्ञवाली ले सञ्चालन गर्नुभएको थियो भने जोन र सुपर जोनको विसयमा प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना मत्स्य जोन कर्यान्वयन ईकाई का प्रमुख मकबुल अलीले जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु