add frist

गृहपृष्ठ आज ८,०१७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु

आज ८,०१७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु

बुटवल, माघ । पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभरमा ९० हजार ५७६ सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु