add frist

गृहपृष्ठ अन्तरक्रिया कार्यक्रम सम्पन्न

अन्तरक्रिया कार्यक्रम सम्पन्न

बुटवल, भदौ । नेपाल कानून समाज र संघीय मामिला तथा सामान्य प्रशासनको आयोजनमा नेपालमा नदि तथा खानीजन्य निर्माण सामाग्री रोडा, ढुंगा, गिट्टी, बालुवाको संकलन, उत्खनन्, विक्री वितरण सम्वन्धी ठोस कानूनको आवश्यकताको पक्षको विषयमा छलफल सम्पन्न गरेको छ ।

कार्यक्रममा नदी तथा खानीजन्य निर्माण सामग्रीको दीगो उपयोगको आवश्यकता, संवैधानिक र कानूनी व्यवस्था ,वातावरणीय प्रभाव सम्बन्धी अध्ययन ,मापदण्डको प्रयोग,विश्व परिवेशमा ढुंगा, गिट्टी, बालुवाको उत्खनन्, व्यापार व्यवसाय ,विद्यमान समस्या र कानून निर्माणको आवश्यकता ,विभिन्न निकायको दृष्टीकोण,प्रस्तावित कानूनमा समावेश गर्न आवश्यक देखिएका बिषयवस्तुहरुको बिषयमा छलफल गरिएको हो ।

नेपाल कानुन समाज द्वारा सञ्चालित नागरिक संवाद केन्द्र बुटवल लुम्बिनि प्रदेशले आयोजना गरेको छलफल कार्यक्रममा प्रदेश सभा सदस्यहरू, स्थानीय तहका प्रमुख, उप-प्रमुखहरु , राजनितिक दलहरुका प्रतिनिधिहरु, कानून व्यवसायी,शिक्षक, कानुनका विद्यार्थीहरू सहित एक सय जना बराबरको सहभागिता रहेको थियो ।

संवाद केन्द्रले आगामी दिनमा पनि सरोकारवाला संग छलफल गरि कानुन निर्माणमा सहयोग पुर्याउने नागरिक संबाद केन्द्र लुम्बिनी प्रदेश बुटवलका प्रमुख हेमा न्यौपानेले बताइन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु