add frist

गृहपृष्ठ इच्छाविपरीत गरिएको विवाह

इच्छाविपरीत गरिएको विवाह

जिन्दगीको यात्रामा कोही कसैसँग भेटिने र छुट्टिने भइरहन्छ । त्यो पहिलै अनुमान गर्न सकिने कुरा रहेनछ। यही परिवर्तित समयसँगै हिँड्नुपर्ने जिम्मा आफ्नै हुनेरहेछ ।

म गाउँको विद्यालयमा कक्षा १२ को जाँच सकेर बसेकी थिएँ । बिदाको समय हुनाले एक दिन दिदीको घर जाने भएँ। दिदीको घर जान ४ घण्टा हिँड्नु पर्थ्यो। वर्षा याम भएको हुँदा गाडी जाँदैन थियो त्यो ठाउँमा ।

हुन त एक वर्ष पहिला पनि गएकी मलाई त्यो बाटोको बारेमा जानकारी नभएको त हैन तर खै संयोगले ऊसँग भेट हुने मौका थियो सायद। जाने क्रममा एक ठाउँमा दोबाटो भेटियो जहाँ म अल्मलिएकी थिएँ । यही बाटो सही हो भन्ने अक्कल थिएन ।

त्यही समयमा भेट भएको थियो ऊसँग । ऊ मेरो लागि एक अपरिचित व्यक्ति थियो। झट्ट हेर्दा निकै सुन्दर तथा आकर्षक देखिन्थ्यो । हाम्रो संवाद सुरु भयो ।

उसैले प्रश्न सोध्यो कहाँसम्मको यात्रा हो हजुरको ?

मैले पल्लो गाउँसम्म जानुपर्ने, एक वर्ष पहिला आए पनि अहिले बाटो अलि फरक लागेको र कतै गलत ठाउँमा पुगिने पो हो कि भन्ने डर लागेको बताएँ ।

उसले आफू पनि सोही गाउँमा जाँदै गरेको बतायो र अप्ठ्यारो नलाग्ने भए सँगै जाउँ भन्यो ।

एक अपरिचित मान्छे भएर पनि छिट्टै विश्वास दिलाउन सक्ने क्षमता थियो उसमा। उसको बोल्ने, प्रश्न गर्ने शैली एकदमै राम्रो थियो। सहयोगी भावना तथा सकारात्मक सोचले भरिपूर्ण देखिन्थ्यो ऊ ।

मैले हुन्छ भनेँ र सुरु भयो हामी दुईको यात्रा ।

सुरु-सुरुमा सामान्य औपचारिक कुराकानी मात्र भयो हाम्रो । तर हिँड्दै जाँदा व्यक्तिगतदेखि पारिवारिक र शैक्षिक कुराहरू एकअर्कामा साटासाट गर्यौं ।

घरको कान्छो छोरो रहेछ ऊ । स्तानक प्रथम वर्ष अध्यनरत रहेछ। संयोगले हाम्रो विषय भने एउटै रहेछ, व्यवस्थापन ।

बेलाबेलामा गाह्रो भएको हो भनि सोध्थ्यो । झोला बोकिदिने पनि बतायो । मप्रतिको उसको चासो, ख्याल, वास्ता लगायतका क्रियाकलापबाट म ऊप्रति एकदमै सकारात्मक थिएँ ।

बाटो कुनै-कुनै ठाउँमा अप्ठ्यारो थियो । त्यसैले ुविस्तारै हिँड्नु ल१ भोक लाग्या होला हजुरलाई, झोलामा खानेकुरा छ । एक ठाउँमा बसेर खाऔँ नु यस्तै भनिरहेको हुन्थ्यो ऊ ।

धेरै पूरानो तथा आत्मियताको सम्बन्ध जस्तो महसुस गराउथ्यो जतिबेलै ऊ । मलाई पनि ऊसँग धेरै सहज हुँदै थियो बोल्न । बाटो कति छिटै काटिएछ पत्तै भएन। गन्तव्यको नजिक थियौँ ।

मैले भनेँ, ुम अब एक्लै पनि जान्छु, यति धेरै सहयोगको लागि धन्यवाद /

उसले भन्यो, ुआफ्नो गाउँमा आउँदै गरेको नयाँ पाहुनालाई पनि यति सहयोग नगर्नु तरु यो त मेरो कर्तव्य हो ।

मनमनै सोचेँ ( कति सहयोगी,अनुशासित, इमान्दार र व्यवहारिक होला ऊ)

छुट्टिने बेला भयो हाम्रो । उसले भन्यो, ुसुन्नु न१ अप्ठ्यारो लाग्दैन भने मलाई फोन नम्बर दिनुहोस् न, पुग्नुभयो कि नाई भनेर सोध्न । हजुरले पुगेँ भनेपछि मन ढुक्क हुन्थ्यो ।

हामीले नम्बर साटासाट गर्यौं । उसले मेरो नाम सोध्यो, नम्बर सेभ गर्नको लागि ।

यतिका समयसम्म धेरै कुराकानी भए पनि हामीबीच एउटा परिचय भएको रहेनछ । कस्तो अचम्म

मैले मेरो नाम खुसी बताएँ ।

उसले अलि व्यंग्य तरिकाले भन्यो, भनेपछि जीवनमा कहिल्यै दुखी हुनु पर्दैन होला हैरु म भने दुःख-पीडा लुकाउन बनेको नाम होला सायद।

उसलाई सोधेँ, ुहजुरको चाहिँरु ?

विजय ।

मैले पनि उसैगरी भनिदिएँ, ुभनेपछि जीवनमा कहिल्यै हार्नु पर्दैन होला हैरुु

यसैगरी परिचयको साथै छुट्टिने बेला भयो हाम्रो। पुगेपछि फोन गर्नू है भन्दै अघि बढ्यो ऊ र म पनि।

दिदीको घर पुग्न नपाउँदै फोन आयो उसको। मलाई घर पुगे नपुगेको सोध्यो र आफ्नो ख्याल गर्न भन्यो। फोन राखिसकेको एकैछिनपछि फेसबुक खोलेँ। उसैको फ्रेन्ड रिक्वेस्ट आएको रहेछ।

प्रोफाइलमा गएर उसका फोटाहरू सबै हेरेँ । रुपमा त यसै सुन्दर थियो ऊ, त्योभन्दा बढी मनको सुन्दरता पनि झल्किन्थ्यो उसका तस्बिरहरूमा। तुरुन्तै एसेप्ट गरेँ ।

उही दिनबाटै घण्टौंसम्म कुरा गर्न थाल्यौं हामी। यात्राको क्रममा दुई घण्टा मात्र कुरा भए तापनि कैयौं वर्ष पूरानो जस्तो सम्बन्ध थियो हाम्रो। हरेक दिन फोन, म्यासेज गर्न थाल्यो । मैले पनि उसलाई बेवास्ता गर्न सकिनँ ।

उसको र मेरो औपचारिक कुरा सँगसँगै विस्तारै प्रेमका कुराहरू सुरु हुन थाले। उसले मप्रति देखाउने चासो, सहयोगी भावना, सकारात्मक सोचले मेरो मन जितेको थियो । म जति दिन त्यहाँ बसे उति नै दिन ऊसँग भेट भयो । ती भेटमा मिठामिठा कुराकानी भए ।

करिब एक महिनाको बसाइपछि घर जाने दिन नजिकिन थाल्यो । फोन गरेर घर जान लागेको बताएँ। उताबाट उसले अहिलै नजान भनिरहेको थियो । घर त जसरी नि जानैपर्ने थियो। ऊ मलाई पुर्याइदिन जाने भयो ।

यसरी झन् पछि झन् विस्तार हुँदै थियो हाम्रो प्रेम । सामाजिक संजालले झन्(झन् निकट बनाएको थियो हाम्रो सम्बन्ध । सदाजस्तै भेट हुने ठाउँमा भेट्यौँ र लाग्यौँ एकअर्काको साथमा सँगैको यात्रा ।

निकै रमाइलो भयो ऊसँगको यात्रा । फोटा खिच्दै, रमाउँदै, हिँडेका थियौँ। खाजा खाने क्रममा टक्क रोकिएर मेरो आँखामा प्रेम भाव पोखिने गरी सोधेको थियो( खुसी, तिम्रो भाषामा प्रेमको अर्थ के होरु)

प्रेम संसारका सबै सफलता, बिफलता, उपलब्धि,अनुपलब्धि, दुःख, सुखभन्दा ठूलो र प्रिय चिज हो।

ऊ मुसुक्क हाँस्दै हैरु यस्तो कुराहरू तिमीलाई बाहेक अरु कसलाई आउँदो हो रु भन्थ्यो ।

उसलाई मनपर्ने ठाउँ, मनपर्ने खाना, मनपर्ने रंग तथा उसलाई मनपर्ने सम्पूर्ण चिज मलाई मनपर्न थालेको थियो। त्यस्तै मलाई मनपर्ने चिज पनि उसलाई। उसलाई मन नपर्ने कुनै पनि चिज मेरा पनि अरुचिभित्रै पर्दथे।

यसरी दिन प्रतिदिन ऊप्रतिको माया र महत्त्व बढिरहेको थियो । उसले कहिल्यै मलाई प्रेम प्रस्ताव राखेन, न त मैले नै । न त ऊ मलाई कहिल्यै प्रेमका शब्दहरूले प्रेमिल भाषामा सम्बोधन गर्थ्यो न मैले नै । मात्र हामी एकाअर्काको बानी भैसकेका थियौं ।

अरुको भन्दा फरक र अनौठो किसिमको थियो हाम्रो प्रेम। खालि सँगै हुन खोज्ने, एकअर्काको ख्याल, वास्ता गर्ने, अथाह प्रेम गर्ने तर कहिल्यै देखावटी नगर्ने। यो माया भन्ने चिज पनि कस्तो अचम्म कहाँ, कतिबेला, कोसँग मन मिल्छ र नजानिँदो र थाहा नपाइँदो तरिकाले आफू त्यसैमा परिन्छ भन्ने ।

यसरी हामीबीच माया, विश्वास र भरोसा बढिरहेको थियो । जति समय बित्दै गयो उति सम्बन्ध गहिरो भएको महसुस गरेकी थिएँ । समय(समयमा घरबाट दिदीको घरमा जान्छु भन्ने बहानामा भेट हुन्थ्यो हाम्रो । त्यो यात्रामा कहिल्यै एक्लै हिँड्नु परेन मैले । मलाई ल्याउन आउने अनि पुर्याइदिने सधैँको रुटिन उसको हुन्थ्यो ।

हरेक कुरामा उसको सल्लाह, सहारा तथा निर्णय लिने म आफूलाई ऊप्रति पूर्ण रुपमा निर्भर बनाएकी थिएँ। घरको कान्छो छोरो भएर घरमा जति नै गैरजिम्मेवार भए पनि प्रेममा सधैँ जिम्मेवार थियो ऊ ।

समय कति छिटै बितेछ । हामी सम्बन्धमा रहेको पनि ४ वर्ष पुगिसकेछ । त्यतिका समय बित्दा पनि खासै सम्बन्धमा चिसोपना आउन हाम्रो। त्यो समयमा एकपटक हामी एउटा मन्दिर दर्शन गर्न गएका थियौं। जहाँ एकले अर्कालाई पाउँ भनि भगवानसँग मागेका थियौं ।

एकपटक घरबाट साथीको घर जान्छु भन्ने बहानामा उसको घरमा हजुरआमाको चौरासी पूजामा पनि गएकी थिएँ म । निकै रमाइला थिए ऊसँगका हरेक पलहरू ।

उसको परिवारका सबैजनासँग राम्रो सम्बन्ध थियो मेरो। उहाँहरू सबैले माया गर्नुहुन्थ्यो मलाई । त्यो अमूल्य समय अवधिमा धेरै ठाउँमा घुम्न गएका, एकाअर्कासँग अनगिन्ति मायाका चिनोहरू साथै असीमित अविस्मरणीय पलहरू थिए हामीसँग ।

त्यो अवधिमा हामी परिवारदेखि लिएर सम्पूर्ण कुराको योजना बनाएका थियौं। एक यात्रामा भेटिएका अपरिचित मान्छेबाट सुरु भएको सम्बन्ध जीवनसाथी बन्ने कल्पनासम्म पुगेको थियो । ऊसँग छुट्टिने कुरा त सोच्न समेत सक्दिन थिएँ म ।

मलाई ऊ बिनाको जीवन अपूरो, अधुरो तथा अर्थहीनजस्तै लाग्थ्यो। एकर्काको मायामा खुसीसाथ जीवन बिताएका हामीबीच आउन थाले अब बाधा, अवरोध तथा कठिनाइहरू ।

मेरो घरमा अचानक विवाहको कुरा आयो । मेरो परिवार आफन्ती सबैले मन पराएको केटा रे , अचानक यस्तो कुरा सुन्दा मलाई कतै रिस, डर, चिन्ता सबै बढ्न थाल्यो।

आफन्त इष्टमित्र तथा परिवार सबैले एकाएक भन्न थाले ( केटा राम्रो छ, तैँले हामीले भनेको मान्नुपर्छ। यस्तो कुरामा जिद्दी गर्नु हुँदैन, यस्तो मान्छे छाड्नु हुँदैन । पछि पछुतो हुन्छ नि । यस्तै यस्तै ।

टन्न सम्पत्ति भएको शिक्षित परिवारबारबाट आएको कुरा रहेछ यो । त्यतिबेला भर्खरै मेरो स्नातक तह सकिएको थियो । यस्तो कुरा सुनेपछि केही समय त म केही प्रतिक्रिया दिन सकिनँ । सकेँ त केबल मौन बस्न ।

एकैछिनपछि अलि साहस लिएर भनेँ, हुँदैन, म अहिले विवाह गर्दिनँ । मलाई अझै धेरै पढेर जागिर खाएर मात्र विवाह गर्नु मन छ ।

मेरो कुरा पूरा हुन नपाउँदै बाबा भन्न थाल्नुभयो, शिक्षित परिवारका मान्छे हुन् छोरी, तँलाई जसरी पनि जति भन्यो त्यति पढाउँछन् ।

त्यति भन्नासाथ म उठेर एकान्तमा गइ सोचेँ । के हुँदैछ मेरो घरमार के साँच्चीकै विवाह हुँदैछ त मेरो यस्तै प्रश्न दिमागमा आइरहे ।

म आफै उत्तर दिन्थेँ ( नाई हुनै सक्दैन । त्यति निश्चिल र पवित्र प्रेम गर्ने मान्छेलाई कसरी धोका दिन सक्छुरु सोच्नै नसक्ने कुरा।

कस्तो द्विविधामा परेकी थिएँ म । न त बाबा – ममीलाई मेरो ऊसँग यस्तो सम्बन्ध छ भनेर भन्न नै सकेँ । न त उसलाई नै घरमा यस्तो कुरा चलिरहेको छ भन्न सकेँ । सकेँ त केबल एकान्तमा गई रुन आफैले आफैलाई सम्झाउन ।

मलाई बाबाममीसँग सबैकुरा भन्न मन थियो तर हिम्मत जुटाएर भन्नै सकिनँ । किनकी परिवारको मप्रतिको विश्वास तोड्न सकिनँ ।

घरबाट विवाहको कुरा पन्छाउनलाई धेरै बहाना, विकल्प खोजेँ । कैयौंपटक रोइ, कराइ हुँदैन भनि जिद्दी गरेँ। तर अन्त्यमा मेरो विवाह कुने कुरा निश्चिति नै भयो ।

यता ३/४ दिन पहिलैबाट फोन अफ गरेकी थिएँ, फेसबुक डिएक्टिभ गरेकी थिएँ । त्यो समयमा ऊ के-कस्तो हालतमा छ, उसका दिनहरू कसरी गुज्रिएका छन् भन्ने चिन्ताले सताएकै थियो ।

आफूले प्राणभन्दा प्यारो ठानेको मान्छेसँग कसरी छुट्टिनुरु आफ्नो यस्तो हालत देखेर सोच्थेँ, केही गलत निर्णय लिन्छु । अनि म नै संसारमा नरहेपछि सबै समस्याको समाधान हुन्छ । तर हिम्मत आउँदैन थियो ।

यो प्रेम भन्ने कस्तो शक्तिशाली चिज१ साथमा हुँदा संसार नै जितेजस्तो लाग्ने तर जब छुट्टिनु पर्छ तब संसारमा रहनु नै व्यर्थ जस्तो लाग्ने । त्यो समयमा मेरो जीवनमा यस्तो युद्ध चलिरहेको थियो । परिवार र आफन्त विवाह गरिदिने पक्षमा अनि म एक्लै गर्दिनँ भन्ने ।

जित त उनीहरूकै सुनिश्चित थियो र भयो पनि । अन्ततः त्यस्तो भिडमा मैले जबर्जस्ती मान्नु सिवाय अरु के नै विकल्प थियो र आखिर उनीहरू त्यो निर्णयबाट पछि नहट्ने नै भए । अर्थात् मेरो विवाह निश्चिति नै भयो ।

जति नै कोसिस गरे पनि मैले हाम्रो सम्बन्धलाई विवाहमा परिणत गर्न सकिनँ । नाम विजय भएको मान्छेसँग सम्बन्ध गाँसेर के गरुँर प्रेममा हार बेहोर्नुपर्यो । मेरो सास रहुन्जेलसम्म हजुरसँगै यात्रा गर्नेछु भनि वाचा दिएकी म । कहिल्यै सोचिनँ आज यस्तो अवस्था आउला भनेर ।

पहिलो पटक उसलाई ठट्टा गरेर पो भनेकी थिएँ, पीडाहरू लुकाउन बनेको नाम होला सायद खुसी भनेर । आखिर आज यथार्थमै त्यही कुरा परिणत भयो ।

जीवनलाई यसरी पीडा नै पीडाले घेरेको थियो । एकातर्फ मायामा बिछोड भएको पीडा, अर्कोतर्फ आफ्नो उदेश्य, प्रतिवद्धता, देखेका सपना तथा योजना असफल हुँदै गएको पीडा ।

विवाहको दिन पनि आयो । मेरो लागि त्यो कालो दिन थियो । आँखाभरि आँसुले त्यो दिन, दिन हो या रात मेसो पाएकी थिइनँ । मलाई श्रीमानको घरमा पनि सबैले ख्याल र माया गर्नुहुन्थ्यो । तर बाहिरी दुनियाँ र भौतिक सुखसुविधाले जति नै सम्पन्न भए पनि मेरो मनमा सधैँ बादल लागिरह्यो ।

विवाहको भोलिपल्टबाटै परिवारका सबैजना एकआपसमा बेलाबखत खुसुखुसु गर्थे । तर मलाई भने निकै माया गर्थे। यस्तो गर्दा केही शंका उब्जन्थ्यो मनमा । केही रहस्य पो छ कि यतिविधि मेरो ख्याल गर्नुमा जस्तो ।

नभन्दै वास्तविकता अर्कै रहेछ त्यो घरको । मलाई एकदिन छिमेकी आन्टीले बोलाएर मेरो बारे सम्पूर्ण कुरा सोधपुछ गर्नुभयो । मैले पनि यथार्थ कुरा बताएँ ।

उहाँले भन्नुभयो, विचरा कस्तो नराम्रो भाग्य रैहेछ नानी । तिमीलाई फसाए यी पापीको सन्तानले । तिमीले दुई वटी छोरीको बाउलाई आफ्नो श्रीमान बनाएकी छौ । यो मान्छे कुलतमा फसेको धेरै भयो । रातदिन रक्सी खाएर श्रीमतीलाई कुटपिट गरी उसलाई शारीरिक र मानसिक यातना दिन्थ्यो । विवाह भएको ७ वर्षपछि लोग्ने तथा परिवारको पीडा असह्य भएर आत्महत्या गरेकी हुन् उनले। एक वर्ष भयो उनी बितेको। ६ र ४ वर्षका २ छोरीहरू छन् । अहिले उनीहरू मामाघर बसेका छन् ।

त्यो आन्टीको कुरा सुन्दा मलाई छाँगाबाट खसेजस्तै भयो, हातखुट्टा फतक्कै गले। केही सोच्नै सकिनँ । शब्दविहीन भएँ।धेरैबेर छटपटी भयो । अब के गरौं, कसो गरौं, कसलाई भनौँ। आखिर घरपरिवारबाट यसरी दबाब गरी विवाह गरेको आज यही दिन देख्न रहेछ ।

उसका यति धेरै झुटा कुरा लुकाउनलाई त्यति बढी प्रशंसा गरिएको रहेछ । मेरो परिवार, आफन्ती सबैलाई झुटा विवरण दिई अनावश्यक भ्रममा पारेर विश्वास दिलाएर झुक्काइएको रहेछ ।

फर्किएर माइतीघर जाउँ पनि त्यत्रो विधि गरेर गरेको विवाह समाजले के भन्ला, इज्जत जाला बाबाममीको सोचेर नजानु नै उचित लाग्यो । घरमा गएँ । कसैसँग नबोली एउटा कोठाभित्र चुकुल लगाएर बस्ने, सामानहरू बिगार्ने, आफ्नो भाग्यलाई आफै धिकार्ने। यसरी नै बितेको थियो मेरो दैनिकी ।

एकोहोरो मानसिक तनावमा थिएँ । कुनै पापको सजाय भोगेकी एक कैदीजस्तै बनाएकी थिएँ आफूले आफैलाई। मेरो यस्तो व्यवहारबाट उहाँले आफ्नो गल्ती महसुस गर्नुको सट्टा उल्टै पूर्व श्रीमतीलाई जस्तै अमानवीय व्यवहार गर्न थाल्नुभयो ।

परिवारका अरु सदस्यले जति नै समर्थन गरे पनि उहाँ कहिल्यै नम्र बोल्नुभएन मसँग । दिन प्रतिदिन यातना दिने, रक्सी खाई कुटपिट गर्ने तथा आफ्नो पुरानै बानी दोहोर्याउन थाल्नुभयो ।

विस्तारै सम्बन्ध टाढा हुँदै गयो । एकलाई अर्काको आवश्यक नपर्ने कुनै अपरिचित व्यक्ति जस्तै भयौँ हामी । विवाह भएको डेढ वर्ष बितिसक्यो । यद्यपि मलाई कुनै दिन पनि बिना कुनै डर, त्रास स्वतन्त्र भई बाँच्न पाइनँ ।

यसरी कति दिन पो चल्थ्यो ररु उहाँसँग बिताउनुपर्ने यात्रा नजिकको थिएन । यसर्थ मैले अन्तिम विकल्प रोज्नुपर्यो, सम्बन्धविच्छेदको । माइती तथा घरपरिवार सबैसँग सल्लाह लिएँ । सबैको मञ्जुर भयो । साथै उहाँले पनि सजिलै सहमति जनाउनुभयो । अन्त्यमा हामी कानुनी रुपमै सम्बन्धविच्छेद गर्यौं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु