शिक्षा संगै बदलिएको हाम्रो सस्कार
"बिचार "

भनिन्छ मानव जिवनमा शिक्षा एउटा महत्त्वपूर्ण पात्र हो जस्मा हामीले भुमिका निर्वाह गरिएको छ हाम्रो समाजमा भएका पुरानो रितिरिवाज परम्परागत भाषा शैलि सगै हामिहरुलाई त्यहीँ सस्कार मा हुर्काइएको हुन्छ अजै पनि हाम्रो समाजमा विभिन्न कुरामा परिवर्तन गराई रहेको हुनाले शिक्षा एउटा सिक्ने माध्यम मात्रै नभएर बुझने परिवर्तन गर्ने एउटा आधुनिक प्राविधि बनेको छ पहिले हाम्रो समाजमा छोरी मान्छे पुरुष मान्छेलाई हेर्न हुदैन पाप लाग्छ छुन हुदैन आफु भन्दा ठुलो लाई नखुवाई खानु हुदैन अबेरसम्म कतै बस्नु हुदैन रजस्वला भएको बेला छुनु हुदैन हेर्ने हुदैन छोटा कपडा लगाउनु हुदैन भनि महिलाहरु लाई घर भित्रै चुलो चौको मै सिमित राखिन्थो पुरानो सस्कार अनुसार गुनियो चोलि लागाउन थालिन्थो पुस्ता पुस्ता पनि यहि चलिरहको छ है भनि तेहि स्थानमा रहनु पर्थो चलिआएको सस्कर मै बाधिनु पर्थो । पुरुषले हेर्ने महिला प्रति को दृस्ठिकोण पनि फरक हुन्थो नाता मा परिवर्तन हुन्थो दिदी बैनि बुहारी जस्तो राम्रो सम्मान पाइन्थो नराम्रो ब्यवहार हुदैनथ्यो पर स्त्री महिला सग पनि नजर दिदी बैनि मै रहनथो डर हुदैनथ्यो तर यहिले बिस्तारै बिस्तारै गरि हाम्रो समाजमा शिक्षाले धेरै परिवर्तन भित्राएको छ । पहिले पहिले धेरै पढाउने या पढने चलन थिएन तर पनि शिक्षित हुन महिला पुरुष समान गरिनथो शिक्षा के हो थाहा हुदैनथ्यो । बाउ बाजेले चलाएको सस्कार सगै अगि बढनु पर्थियो । तर आधुनिक शिक्षाले उल्टाएको छ समाज नै परिवर्तन भएको छ महिना वारि हुदा होस या घरको काम आजभोलि पुरुष ले पनि साथ दिएका छन काममा सगाउन र महिलालाई बाहिरी दुनिया सगै आफुमा आत्मनिर्भर हुन सिकाएको छ आफनो खुटटामा उभिएर केही गर्न सक्ने क्षमता को बिकास गराएको छ । सिक्षा परिवर्तन भए सगै मानिसमा आएको चालचलन पनि फेरिएको छ कसैको अघि झुक्न हुदैन भन्ने एउटा मनलाई सबैसामु बोल्न सक्ने खुलेर हिड्न सक्ने वातावरण बनाएको पाइन्छ । रजस्वला हुदा छुन हुदैन भन्ने चलनलाई पनि पहिले गाह्राे हुन्थियो र रेस्ट गरन ३ दिन छुटाइको हो यो कुनै पाप हैन प्रकृति ले चलाएको नियम हो भन्दै बिस्तारै हटाइएको पाइन्छ त्यसकारणले महिला सिक्षा सगै परिवर्तन भएका छन । यहिले घर घरमा पढाइ सिक्षित ब्याक्ती हुनाले पुरानो रितिरिवाज हटाइदै गएको छ । टेक्निकल प्राविधि सगै मानिसहरु हिडने गर्छन् साना बालबालिका प्रति पनि प्राविधिक चिजले परिवर्तन हुनु का साथै उनिहरुमा छिटो बोल्ने बानि कलात्मक सिक्षाको विकास भएको छ । बुबा आमालाई पनि आधुकिकताले छुट्टै किसिमको परिवर्तन गराइएको छ निकै परिवर्तन सगै सामाजिक संजालमा शिक्षाले आत्मसन्तुष्टि बनाएको छ शिक्षा परिवर्तन भए सगै अहिले मानिसहरुमा नकारात्मक सोच को बिकास सगै गरिब धनि भनि छुटाइएको यो समाजमा अहिले प्राविधिक शिक्षाले सोच सगै ब्यवहार मा निकै असर पारेको पाइन्छ उ बेला नारि पुरुष बिच समान ब्यवहार गरिनथो कसैलाई नराम्रो नजरले हेर्ने चलन थिएन यहिले पुरुष या नारि आफनो पन कसैमा छैन बदलिएको सस्कारले भनौ या शिक्षाको परिवर्तन ले धेरै घटना घटिरहेको छ न चलन ले सिकायो न नया शिक्षा मानिस मानिस बिच छुवाछूत भेदभाव फरक किसिम को ब्यवहार गर्न थालिएको छ एक तर्फ समाज परिवर्तन भएको छ भने आर्को तर्फ समाजमा बिकृती छाडापन भित्राएको छ । डर त्रास मा मानिसहरु जिउन बाध्य बनेका छन शिक्षाले सस्कार त परिवर्तन भएको छ तर मानिसको ब्यवहार परिवर्तन गराएको छैन । यसलाई अब हामी ले परिवर्तन गर्नु जरुरी शिक्षा सगै बदलिएको हाम्रो सस्कार समाजमा कानुन छ महिला पुरुष बराबर हुन् भनेर तर अझै पनि कतिपय ठाँउमा शिक्षा नपुगेको कारण धेरै कमि कमजोरी महिला मा देखिएको छ । र महिला भित्रै दबिएका छन् । यहि आधुनिक परिवर्तनका कारण पनि महिला महिला बाट नै पिडित भएको देखिन्छ । पहिले पहिले सानो उमेरमा बिहे गर्नु पर्थ्यो । बा आमाले जुन केटा लाई देखायो उसैसगँ जाने चलन थियो । अहिले सामाजिक संचालमा देखेको भरमा विहे हुने गरेका छन् । कमैको जीवन राम्रो बनेको छ । लापरबाहीका कारण आफ्नो जिन्दगी नै बिगारेको पनि देखिन्छ । कतिपय ठाउँमा यस्ता कयौ घटना घटेको पाइन्छ यहि आधुनिक परिवर्तन साथै नेट इन्टरनेटले गर्दा शिक्षा भएर पनि मानिसहरु प्रबिधि का कारण सभ्य व्यवहार नगरी असभ्यता मौलाएको पाईन्छ । समाजमा नारी पुरुष बिचको यस्तो क्रियाकलापले नै गर्दा आज कयौं पुरुष र नारीले आफने जीवन गुमाउनु परेको छ । अझै पनि कतिपय ठाँउमा आफनो चलन अनुसार महिला र पुरुष बिच भिन्नता देखिन्छ तर हाम्रो समाज आधुनिकता ले फेरिएर एउटा नयाँ युगमा चलिरहेको पाइन्छ जसले महिलाप्रतीको पुरुषले हेर्ने नजर केही फरक देखिएको पाइन्छ तर यहि समाजमा हाम्रो सस्कार हराउदै गएको छ ।
अहिलेको यो परिवर्तनले महिलाहरु निकै अगाडि छन् शिक्षित छन् अनि पुरुषमा हुने हिम्मते महिलाहरुमा पनि आएको पाइन्छ । यसले गर्दा महिला र पुरुष बिच को दुरि कायम भएको छ हामी भन्छौ नि पुरुष सबै एउटै हुदैनन् तर एउटै हुन्छन मात्रै हेर्ने फरक नजर राम्रो र नराम्रो बनिदिन्छ । एउटा पुरुष त्यहीं महिला को नजरमा राम्रो हुन्छ भने आर्को को नजरमा नराम्रो देखिन सक्छ । अजैपनि पनि कपडा को भरमा नजर फरक हुन्छ अनि त्यसकै कारण बिकृती पनि बढेका छ । आधुनिकताले अकल्पनिय घटना घटिरहेका छन् ।